
१३ कार्तिक, काठमाडौँ । एक दलित बालिकाको बलात्कार पछी आँखा झिकेर मार्ने प्रयास भएको छ । कार्तिक ११ गते भोजपुरको आम्चोक ९ दुम्माना निवासी बर्ष १४ कि अस्मिता बिकलाइ स्थानीय श्री सरस्वती माबी कक्षा ८ मा अध्यानरत सन्तोष श्रेस्ठले बलात्कारको प्रयास गरि बिकको आखा झिकेर हत्या गर्ने प्रयास गरेको पीडित बालिकाले बताइएको छ ।
ती बालिकाको बिपि मेमोरियल हस्पिटल धरानमा उपचार भैरहेको छ । अत्यन्तै गरिब परिवारकी ती बालिकालाई धरानमा रहेका केहि आफन्तहरुको सहयोगमा अस्पताल ल्याइएको भएपनि थप उपचारका लागि समस्या परेको बताइएको छ । उपचारमा डाक्टरले समेत ढिला सुस्ती गरेको गुनासो उनको परिवारको छ । आर्थिक अवस्था कम्जोर र डाक्टरले ढिला सुस्ती गरेको कारण आखा निकालेर फाल्ने अवस्था आएको बताएका छ्न ।
यसैबीच न्याय र उद्दारका लागि दलित एकता संजाल नेपालले सहयोग गर्ने भएको छ । संजाल अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर नेपालीको अध्यक्षतामा बसेको संजाल आईसीसीको आपतकालीन अनलाईन बैठकले आईसीसीका पुर्बकोषाध्यक्ष माधब सिवाको संयोजकत्वमा महिला ससस्क्तिकरणकी संयोजक सीता रसाईली, संजाल नेपाल कि सचिब दुर्गा नेपाली, पुर्ब आईसीसी उपसंयोजक पदम नेपाली, संजाल चौदन्डीगढी –ऊदयपुर) का अध्यक्ष कुमार ल्वागुन, कुमार कालिकोटे समेत रहेको समिती बनाएको छ ।
समितीले पिडितका बारेमा तत्काल आवास्यक जानकारी लिई अत्यावश्यक सहयोग तथा पिडकलाई कार्वाहीका लागि प्रशासनमा समेत दबाब दिने बताइएको छ साथै संजाल रहेका विभिन्न देस हरुमा रहेका नेपाली दूतावास मार्फत नेपाल सरकार समक्ष ध्यानाकर्षणपत्र बुझाउने, गरिबीका कारण पिडितको अवस्था अत्यन्तै दयनीय भएकोले आर्थिक सहायता लागि पहल गर्ने तथा पिडितको उपचार तथा न्यायका लागि संजालले अन्तिमसम्म दबाब मुलक कार्यक्रम गरिरहने समेत संजालले निर्णय गरेको संजाल अन्तर्राष्ट्रिय समिति कि महासचिव तथा महिला अधिकारकर्मी सरु सुनारले बताएकी छिन ।