back

पर्वतमा १३९ मतदान केन्द्र निर्धारण

वि.सं.२०७४ कात्तिक १३ सोमवार

501 

shares
GLOBAL IME AD
NTC AD

election-prades

१३ कात्तिक,  पर्वत  । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पर्वतमा ७४ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदानस्थललाई नै आधार बनाएर निर्धारण गरिएको हो । मतदानस्थल ७४ रहे पनि मतदान केन्द्र भने १३९ निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक मतदाताको संख्या बढेका कारण मतदान केन्द्र बढाउनु परेको हो,” उहाँले भन्नुभयो । आठ हजार ५७ मतदाता थपिएका छन् । जिल्लामा ५५ हजार ४८६ महिला र ५१ हजार ८१४ पुरुष गरी एक लाख सात हजार ३०० मतदाता रहेका छन् ।

क्षेत्र नं १ मा ३० हजार ४०० महिला र २८ हजार ४२९ पुरुष गरी ५८ हजार ८२१ जना मतदाता रहेका छन् । क्षेत्र नं २ मा २५ हजार ८६ महिला र २३ हजार ३९३ पुरुष गरी ४८ हजार ४७९ मतदाता रहेका छन् ।

वि.सं.२०७४ कात्तिक १३ सोमवार ०७:५९ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...