back

मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित

वि.सं.२०७४ कात्तिक १३ सोमवार

171 

shares
NTC AD
Global IME AD

mental-problem

 १३ कात्तिक, रत्ननगर, (चितवन।  नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको एक अध्ययनले देखाएको छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालले हालै गरेको अध्ययनले करिब ५० प्रतिशतभन्दा बढी मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको देखाएको हो ।विषयमा अध्ययन भएको जानकारी दिँदै गुरुङले समस्यामा परेकाहरूले खाद्यान्न उपभोग आवश्यकभन्दा कम गर्ने गरेको पाइएको र यसबाट कुपोषणलगायतका रोग बल्झने खतरा रहेको औँल्याउनुभयो ।

यो समस्या न्यूनीकरणका लागि सरकारी कार्यक्रम बढाइनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । विभिन्न क्षेत्रका ९१७ घरमा गरिएको नमूना अध्ययनमा ४७० घरमा यस्तो समस्या देखिएको भन्दै उक्त संस्थाकी परियोजना संयोजक दृष्टि गुरुङले समस्या देखिएका अधिकांश परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएको बताउनुभयो । चारसय ४७ घरमा भने रोग नदेखिएको उहाँको भनाइ छ ।

मानसिक स्वास्थ्य समस्या र आर्थिक समस्याको

सरकारी क्षेत्रबाट मानसिक स्वास्थ्यमा लगानी न्यून भएकाले पनि जटिलता हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको जम्मा एक प्रतिशत मात्रै मानसिक स्वास्थ्य सेवामा खर्च भएको पाइएको अध्ययनकर्ता गुरुङले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि तथा मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठाले नेपाल मात्र नभई विश्वका विभिन्न देशमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले अहिले मानसिक स्वास्थ्य सेवाको विकास गर्ने लक्ष्यअनुरूप काम भइरहेको जानकारी दिनुभयो ।

नेपालमा हरेक १०० जनामा २५ जनामा मानसिक स्वास्थ्य समस्या हुने र २० जनाले उपचार नै नपाउने बताउँदै उहाँले विश्वमा ४५ करोडमा समस्या देखिने गरेको उल्लेख गर्दै उहाँले समस्या देखिएका मध्ये ८० प्रतिशत सजिलै निको पार्न सकिने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको प्राथमिक स्वास्थ्य केन्द्र, पुनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले सरकारले विगतमा सरुवा रोग, मातृ र शिशु मृत्युदर न्यूनीकरणमा ध्यान केन्द्रित गरेको भए पनि पछिल्लो समयमा मानसिक स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्न थालेको जानकारी गराउनुभयो ।

स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले खुशी रहनु नै स्वास्थ्य ठीक हुनु हो भन्दै सामाजिक र सांस्कृति अवस्थाले पनि मानसिक रोग निम्त्याउने गरेको जिकिर गर्नुभयो ।

अध्ययनकर्ता रुजा पोखरेलले स्वास्थ्य सूचना प्रणालीको समेत नेपालमा अभाव भएको औँल्याउनुभयो। चितवनमा स्वास्थ्य संस्थामा अहिले टिपिओ नेपालमार्फत मानसिक स्वास्थ्य समस्याको अध्ययन, उपचारका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

मानसिक रोग विशेषज्ञ डा केदार ओझाले समयमै समस्या पत्ता लगाए रोग निको पार्न सजिलो हुने भए पनि ढिला हुँदा मानिसको अकालमै ज्यान जाने गरेका उदाहरण रहेको बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक १३ सोमवार ११:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...