चितवन युवा समूह अन्तर्र्रा्ष्ट्रिय समन्वय समिति नेपालको संमयोजनमा चितवन समाज जापानद्धारा मिलन युवा क्लबको इ– लाइब्रेरी निर्माणको लागि प्रारम्भिक सहयोग स्वरुप रु ७५,००० प्रदान गरिएको छ ।
त्यसैगरी उक्त कार्यक्रममा चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले आगामी दिनमा इ–लाइब्रेरीमा अन्य सहयोग पनि चितवन समाज जापानवाट हुदै जाने छ भन्ने प्रतिवद्धता जाहेर गर्नुभयो । पुर्ब एनआरएनए जापानका सदस्य एबम् चितवन समाज जापानका सदस्य नारायण अधिकारीले एक ह्वील चेयर एम्बुलेन्स सेवामा सहजताको लागि हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा चितवन जिल्ला समन्वय समितीका प्रमुख कृष्ण डल्लाकोटि को प्रमुख आतिथ्यता भएको थियो । उक्त कार्यक्रममा चितवन जिल्ला समन्वय समितीका सदस्य कृष्ण प्रसाद अधिकारी, चितवन युवा समूह अन्तर्रा्ष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्ति प्रसाद अधिकारी, प्रवास संयोजक समिर केः सी अतिथि रहनुभएको थियो ।
उक्त कार्यक्रममा चितवन युवा समूह अन्तर्रा्ष्ट्रिय समन्वय समिति नेपालको अध्यक्षले मिलन क्लवलाई शुभकामना दिदैं चितवन समाज जापनले गरेको प्रसंसीय कार्यको प्रसंसा गर्दै आगामी दिनहरुमा पनि विभिन्न देशहरुसँग सहकार्य गर्दै अन्य थुप्रै सहयोगका कार्यक्रमहरु ल्याउन प्रयास गर्ने प्रतिवद्धता गर्नूभयो ।
त्यसै गरि कार्यक्रममा रेडक्रसका बिदुर केसी, जापान कम्पनीका नारायण अधिकारी, चितवन समाज जापानका राजन श्रेष्ठ, चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटि, चितवन युवा समुह अन्तर्र्रा्ष्ट्रिय समन्वय समिति नेपाललाई सम्मान गरिएको थियो भने कार्यक्रम सन्चालन दिलु गजमेरले गर्नुभएको थियो ।