back

सामाजिक काम गरेर मनायो सांग्रीला बैंकले आफ्नो चौधौ बार्षिकोत्सब

वि.सं.२०७४ कात्तिक १३ सोमवार

324 

shares

sangrila2काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्नो १४ वर्ष पुगेको अवसरमा सामाजिक सेवाका कामहरु गरेको छ ।
काठमाडौंको बालुवाटारमा रहेको सो बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कालीमाटीको सोल्टीमोडमा रहेको आमा घरमा पुगेर ३० जना बृद्धबृद्धालाई खाना खुवाउनुका साथै खाद्य सामग्री तथा ग्यास वितरण गरेको जनाएको छ ।
बैंकका संचालक चुणामणी ढकाल, निरन कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीको सहभागीता रहेको थियो ।

sangrila3
त्यस्तै बैंकको क्षेत्रिय कार्यालय पोखराका अध्यक्ष प्रा.डा रविन्द्र प्रसाद श्रेष्ठ तथा शिवलाल मल्ल र पूर्वअध्यक्ष सुरेन्द्र बहादुर भारीजुले पोखराको लेखनाथस्थित राधाकृष्ण बृद्धाआश्रममा पुगेर ४५ जना बृद्धबृद्धलाई न्यानो कपडा, खाद्यान्न वितरण गर्नुका साथै खाना खुवाइएको थियो । साथै सोहि आश्रममा बसेर अध्ययन गर्ने बालबालिकालाई रु १० हजार बराबरको कापी कलम वितरण गरको तथा आत्मनिर्भर बालआश्रम बाटुलेचौरका ४० जना अनाथ तथा टुहुरा बालबालिकालाई समेत खाना खुवाइएको बताइएको छ ।

त्यसैगरी क्षेत्रिय कार्यालय नेपालगन्जका संचालक अच्युत प्रसाद प्रसाईले निलसागर तथा भेरी बृद्धाआश्रममा गई २६ जना बृद्धबृद्धमलाई न्यानो कपडा, खाद्यान्न वितरण तथा भोजन गराइएको थियो ।
बैंकले आर्थिक वर्ष २०७३÷७४ को आषाढ मसान्तसम्म निक्षेप संकलन रु १३ अर्ब ८७ करोड तथा कर्जा प्रवाह रु ११ अर्ब ६७ करोड गरि संचालन मुनाफा रु ५४ करोड ८८ लाख आर्जन गर्न सफल भएको जनाएको छ । साथै बैंकले हालसम्म करिब १ लाख ८० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ प्रदान गर्दै आइरहेको दावी गरेको छ ।
सोहि अवसरमा बैंकले बैंकलाई यहाँसम्म ल्याउन सहयोग पु¥याउने ग्राहक महानुभाव, शुभचिन्तक, संचालक समितका सदस्यहरु, बैंकमा अहोरात्र खटिई सेवा गर्ने मानव शंसाधन परिवार, सेयरधनी, तथा सम्पूर्ण नियमनकारी निकाय एवं सहयोगी संस्था र कार्यालय तथा संचारमाध्यमलाई धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

sangrila1

वि.सं.२०७४ कात्तिक १३ सोमवार १३:०५ मा प्रकाशित

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

काठमाडौं । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने...

नाडा भारत मोविलिटीमा सहभागी हुने

नाडा भारत मोविलिटीमा सहभागी हुने

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको...

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...