Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचनका लागि सेवा सामग्री तयार गर्न आग्रह



१४ कात्तिक, रसुवा । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सेवा सामग्री तयार गर्न आग्रह गरिएको छ ।

प्रजिअ हीरादेवी पौडेलले निर्वाचन अवधिमा नागरिकलाई आवश्यक पर्ने विद्युत्, स्वाथ्य सेवा, खाद्यान्न र पेट्रोलियम पदार्थ आपूर्तिलगायत सेवा जुनसुकै बेला पनि तयारी हालतमा राख्न सरकारी एवं व्यापारिक प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ ।

यस्तै सरकारी निकायमा रहेका सवारी साधन चालु हालतमा राख्न र कर्मचारीलाई बिदामा नपठाउन स्थानीय प्रशासनका तर्फबाट निर्देशन दिइसकिएको बताइएको छ ।
यसैबीच जिल्लाका ४५ मतदान केन्द्रमा यथेष्ट सुरक्षा जनशक्ति तयार पारिसकिएको र नयाँ भर्ना भएका २४० म्यादी प्रहरीलाई प्रशिक्षण दिन शुरु गरिएको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीका साथै जिल्लाका पाच्र्याङ, कालिकास्थान, वेत्रावती, डाँडागाउँ, हाकु, थाम्बुचेत, स्याफ्रुबेंसी, थुमन, टिमुरेसमेतका प्रहरीचौकीमा सुरक्षाकर्मीको थप व्यवस्था मिलाइसकिएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू