back

देशमा कृषि क्रान्ति गरेर १५ वर्षभित्र गरिबी उन्मूलन

वि.सं.२०७४ कात्तिक १४ मंगलवार

462 

shares
IME Limited
NTC AD

१४ कात्तिक, बुटवल । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले देशमा कृषि क्रान्ति गरेर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मूलन गरिने बताउनुभएको छ ।

रुपन्देहीको मर्चवारमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले मर्चवार जस्तो कृषि क्षेत्रलाई राज्यले उन्नत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका हरेक किसानलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउनु हाम्रो लक्ष्य रहनेछ । कृषिका लागि आवश्यक सबै किसिमका वैज्ञानिक पद्धति अपनाएर कृषिबाट नै देशमा आमूल परिवर्तन गर्ने एमालेको लक्ष्य हो ।”

सो अवसरमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले मर्चवारको विकासका लागि एमालेले पहलकदमी गर्ने उद्घोष गर्नुभयोे । उहाँले वनगाइदेखि मर्चवार क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, रोजगारको विकाससँगै मर्चवारलाई कृषिको मुख्य क्षेत्र बनाइने र एक घर एक रोजगारका लागि सरकारी बजेटमा योजना तर्जुमा गर्न पहल गरिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष तथा पूर्वसांसद ओमप्रकाश यादव गुल्जारी एमालेमा प्रवेश गर्नुभएको छ । उहाँसहितका नेताहरुलाई एमाले उपाध्यक्ष गौतमले पार्टीमा स्वागत गर्नुभयो । सो अवसरमा पूर्वमन्त्री गुल्जारीले मधेशी नेताले जनतालाई भ्रममा राखेर राजनीति गरेको आरोप लगाउँदै देश विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको विकल्प नभएको बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ०४:०८ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...