Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

बालिकाको बलात्कारपछि हत्या प्रयास गर्ने श्रेष्ठ पक्राउ



१४ कात्तिक, भोजपुर । भोजपुरकी एक बालिकाको बलात्कारपछि हत्याको प्रयास भएको बताइएको छ ।

आमचोक गाउँपालिका–९, दुम्मानाकी १४ वर्षीया एक किशोरीलाई स्थानीय १९ वर्षीय सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिनुभयो ।

स्थानीय सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत बालिकालाई श्रेष्ठले ललाइफकाइ यौनसम्पर्क गर्न खोजेपछि प्रतिकार गर्दा बालिकालाई कुटपिट गरेको बालिकालाई उद्धृत गर्दै दाइ तिलक विकले जानकारी दिएका छन् ।

अर्धचेत अवस्थामा स्थानीयवासीले गत शनिबार भेटेपछि पीडित बालिकालाई आफन्तहरुको सहयोगमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरी उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका कारण आँखा निकालेर फाल्ने अवस्था आएको समेत उनका आफन्तले बताएका छन् ।

अभियुक्त श्रेष्ठलाई आइतबार नै पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको

काठमाडौं । नेकपा (एमाले) नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्

काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः

सन्सारन्युज । माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा