
नेपाली चलचित्रकी अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छन् । नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पंचायत’ ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएकी छिन ।
सानै उमेरदेखि अभिनयमा लागेकी ढुंगानाले हाल सम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरि सकेकी छिन । उनको चर्चित चलचित्र रुमा दबाव , छ एकान छ , नोटबुक , मसान , हाम्रो माया जुनी जुनीलाई ,निर्भय लगायत पछिल्लो चलचित्र पंचायत हो ।
पंचायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो ।
यसरि नेपाली चलचित्र अन्तरराष्ट्रिय महोत्सव सहभागिता र सम्मानित हुँदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठुलो सहयोग र अन्तरराष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवी बढने छ भनि सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताए ।