back

नौ दशक उमेर पुगेको ज्येष्ठ नागरिकले राँगो पाल्दै

वि.सं.२०७४ कात्तिक १४ मंगलवार

117 

shares
NTC AD
Global IME AD

rango १४ कात्तिक, पोखरा ।  सुन्दा अचम्म लाग्न सक्छ, हाम्रो समाजमा ६० वर्ष उमेर काटेपछि आफूलाई अशक्त महसुस गर्ने प्रचलन अत्यधिक रहेपनि यहाँका एक नौ दशक उमेर पुग्नै लागेका ज्येष्ठ नागरिकले भने अहिले पनि राँगो पालनलाई आय आर्जनको प्रमुख स्रोत बनाउँदै आउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १७, हनुमानटोल निवासी ८९ वर्षीय अमरबहादुर नेपाली (ढोडेली)ले राँगो पालनलाई विगत तीन दशकदेखि निरन्तररुपमा आफ्नो आम्दानीको स्रोत बनाएर सबैका लागि अनुकरणीय बन्नुभएको छ ।

भैँसीले राँगो खोज्यो भने पशुपालक कृषकको मागअनुसार सम्बन्धित व्यक्तिको गोठमा नै राँगो डो¥याएर पु¥याइदिने तथा घरमा भैँसी ल्याउँदा गोठबाट राँगो फुकाउनु नेपालीको दैनिकी हो ।

गत वर्ष राँगोले लगभग १५० भैँसीलाई प्रजनन गराउँदा रु एक लाख ६० हजार आम्दानी गरेका नेपाली यस वर्ष रु दुई लाखभन्दा बढी आम्दानी गर्ने सोचमा हुनुहुन्छ ।

“घरमै लिएर आएमा राँगो फुकाइदिन्छु एउटा भैँसी प्रजनन गराएको रु एक हजार लिँदै आएको छु”, उहाँले भन्नुभयो, “भैँसी पालक कृषकको आग्रहअनुसार राँगो डो¥याएर घरमै पु¥याउँदा भने थप रु २०० लिने गरेको छु ।”

“मैले ३० वर्षभन्दा पहिलेदेखि राँगो पाल्दै आएको छु”, उहाँले भन्नुभयो, “उन्नत जातको राँगो पालेका कारण स्थानीय जातका भँैसीका सन्तान पनि बढी दुधालु हुने गरेको भैँसी पालक कृषकले भन्दै आएका छन् ।”

एक वर्षअघि रु ५० हजारमा खरिद गरेको उन्नत जातको राँगोले दुई वर्षको अवधिमा रु चार लाखभन्दा बढी आम्दानी दिएको र मासुमा बिक्री गर्दासमेत रु ७० हजार देखि ८० हजारसम्म पर्ने हुँदा राँगो पालनबाट दोहोरो फाइदा हुने गरेको उहाँले बताउनुभयो ।

पहिले पहिले घर नजिकैको बिरुवा फाँटमा धान बाली मात्र हुँदा बाँकी अवधिमा चरन हुने र घाँस पनि प्रसस्त पाइने हुँदा स्थानीय बासिन्दाले धेरै संख्यामा भैँसी पाल्ने गरेको र आसपासमा राँगो पाउन मुस्किल भएकै कारण तत्कालीन समयदेखि नै आफूले राँगो पाल्न शुरु गरेको उहाँले राससलाई बताउनुभयो ।

राँगो पाल्न थालेपछि यहाँका भैँसी पालक किसानलाई निकै सुविधा पुगेको बताउँदै नेपालीले भन्नुभयो, “राँगाको माग पनि उस्तै बढी थियो यता आम्दानी पनि हुने, त्यसैले यो पेशालाई निरन्तरता दिँदै आएको हुँ ।”

तीस वर्ष अगाडि राँगो पाल्दा एउटा भैँसी प्रजनन गराएको रु ५० लिने गरेको बताउने उहाँका स्मरणमा रुपैयाँको सट्टामा दाइँ हाल्दा खलामा नै गएर धान तथा पराल उठाउने गरेको धेरै कुरा अझै ताजै छन् ।

“मैले स्वास्थ्यले साथ दिएसम्म राँगो पाल्ने विचार गरेको छु”, उहाँले भन्नुभयो, “अहिले पनि आफूलाई आवश्यक रकम खाँचो भएको छैन, नातिनातिना, पनातिपनातिनी घरमा आउँदा आफ्नै कमाइले खुशी बनाउन पाएको छु ।”

राँगोलाई विशेष गरी घाँसका साथै अण्डा, दूध, चोकर तोरीको तेलजस्ता प्रोटिनयुक्त पदार्थ खुवाउने गरेका कारण पालन पोषणमा बढी खर्च आउने गरेको उहाँलाई राँगोपालनमा सघाउँदै आउनुभएकी श्रीमती मंंगलमाया नेपाली बताउनुहुन्छ । अहिले पनि उहाँका गोठमा सानो र ठूलो गरी दुईवटा राँगा रहेका छन् ।

पाँच वर्षअघिसम्म मौसममा एकै दिनमा चार पाँच वटासम्म भैँसी ल्याउने गरेपनि धान झुल्ने बिरुवा फाँटमा घरैघर भरिएपछि घाँसको अभाव बढ्दै जानुका साथै भैँसी पाल्नेको संख्या घट्नु र उमेरका कारण पनि अब राँगो पाल्न कठिन बन्दै गएको उहाँको दुखेसो छ ।

कृत्रिमको तुलनामा प्राकृतिक प्रजनन बढी सफल हुने गरेका कारण अहिले पनि यस क्षेत्रका पशुपालक कृषक भैँसीले राँगो खोज्दा प्राकृतिक प्रजननमा नै जोड दिने गरेका कारण राँगोपालन व्यवसाय फस्टाउँदै गएको देखिन्छ ।

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ०६:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...