back

१० वर्षमा फर्किन सोनाम

वि.सं.२०७४ कात्तिक १४ मंगलवार

486 

shares
IME Limited
NTC AD

sonam-moktan

१४ कार्तिक, काठमाडौँ । रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ की सोनाम मोक्तान १० वर्षपछि लेबनानबाट फर्किएकी छन् । हाल परिवारसहित क्यानडा बस्दै आएका लेबनानका लागि पूर्व कन्सुलेट दिपेन्द्र उप्रेतीको पहलमा मोक्तान नेपाल फर्कन सफल भएकी हुन् । सन् २००७ मा लेबनान पुगेकी उनी २७ अक्टोबर नेपाल फर्किएकी हुन् ।

मोक्तानलाई १० वर्ष कामदारको रुपमा भन्दा पनि दास सरह राखिएको परिवारको दाबी छ । ५ वर्षदेखि उनलाई कुनै तलब नदिइएको र परिवारसँग समेत सम्र्पक गर्न दिइँदैनथ्यो । घरमा कोही नभएको मौका पारि नेपालमा फोन गर्दथिन् । मालिकको आमाले कुटपिट समेत गर्दथिन् । उनले परिवारसँग फोन गरेर आफू नेपाल फर्कन चाहेको बताएपछि नेपालबाट परिवारले उद्धारका लागि पहल गरेका सोनामका आफन्त सञ्जय भोलानले बताए । रोजिमाया लिम्बू, कारितास र दिपेन्द्र उप्रेतीको विशेष पहलमा सोनाम नेपाल फर्कन सफल भएको भोलानले बताए ।

Contract-of-moktan

मोक्तानको अवस्था बारे जानकारी पाएपछि पूर्वनेपाली कन्सुलेट अफिसमा गएर सोनामबारे बुझ्दा उनी अशिक्षित र सोझी रहेकी, उनलाई लेवनानी पौण्ड र अमेरिकी डलरको फरक समेत छुट्याउन नसक्ने पायौँ, उप्रेतीले भने “ कन्सुलेट अफिसबाट पाएको जानकारी सोनामको परिवारलाई बतायौँ । परिवारसँगको कुराकानीमा सोनामले ५ वर्षदेहि तलब समेत नपाएको जानकारी पायौँ ।”सोनामलाई केही नबोल्न घर मालिक बोट्र्रोस र उनका भाइ घसानले डर र त्रास देखाएर मानसिक दबाब दिएर राखेको बताउँदै उप्रेतीले भने “मैले बोट्र्रोसलाई पत्र लेख्दै सोनामको तलब दिन भनेर धेरै पटक अवसर दियौँ तर उसले कुनै वास्ता गरेन । उसको कुनै प्रतिक्रिया नपाएपछि सबैकुरा साइटमा राख्यौा, सोनामबारे सबै कुरा बाहिर आए पछि लेबनानी सुरक्षाकर्मीले सोनामलाई फिर्ती केन्द्रमा ल्याएपछि त्यहिबाट उनलाई नेपाल फर्काउन सफल भयौँ ।”

१० वर्षसम्म काम गरेर फर्कंदा सोनाम एयरपोर्टको कर्मचारीबाटै लुटिन पुगिन् । उनका अनुसार नेपाल पठाइनु अघि उनलाई घर मालिकले १००० डलर दिएको थियो तर बेरुतस्थित एयरपोर्ट कर्मचारीले शरीर खानतलास गरी ९०० डलर लिइ आफूलाई १०० डलर मात्र फिर्ता दिएको बताइन ।

१० वर्षको अवधिमा उनले घरमा ४५०० डलर रकम घर पठाएकी छन् । उनको बुबाको भूकम्पमा परि ज्यान गएको थियो । मालिकको पाहुनाहरुले सहानुभूतिका रुपमा दिएको सहयोग रकम पनि मालिक्ले नेपाल पठाइदिन्छु भनेर लिएर लिए पनि नेपाल नपठाएको पिडित बताउँछिन् ।

सोनामको अवस्था बारे जानकारी दिँदै सञ्जय भोलान भन्छन् “बोलेको कुरा पटक पटक फरक फरक आएको छ, शायद डराएर हुनुपर्दछ । क्षतिपूतिको मुद्धा हाल्न पनि जान्न फेरि पुलिसले पक्रिन्छ होला, परिवारलाई दुःख दिन्छ भन्दै थियो ।” उनको स्वभावै कम बोल्ने भएपनि मानसिक रुपमा डर धम्कि दिएको हुन सक्ने उनी बताउँछन् ।

sonam-moktan-letter-to-foreign-minitry

परराष्ट्रमन्त्रालय कन्सुलर विभागमा क्षतिपूर्तिको माग गर्दै कात्र्तिक १३ गते पत्र बुझाइएको छ । परिवारले सोनामको ३३ हजार डलर तलब नपाएको भन्दै उठाइदिन समेत अनुरोध गरेका छन् ।

सोनामबारे प्रकाशित सामग्रीहरु यहाँबाट हेर्नुहोस् 

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ०६:४६ मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...