back

शुरु भो नागरिक स्तरबाट त्रिशुली सुरक्षा पर्खाल अभियान

वि.सं.२०७४ कात्तिक १४ मंगलवार

489 

shares
GLOBAL IME AD
NTC AD

 

फाइल फोटो

“त्रिशुलीमा दर्जनौ मान्छे पानीमा डुबेर मरेको पिडा बोध गर्दै कुनैपनी यात्रामा पानीमा डुबेर मान्छे मर्नुहुदैन भन्दै “

पानी अभियानमा समर्पित मित्र लाल पार्देले एउटा फेसबूक पोस्ट लेखे ।

“फेसबूक पोस्टमा उनि नेपालको त्रिशुलीमा गाडी खसेको र कसरी समस्या समाधान गर्ने यदि कसैले सक्दैनन् भने अभियान शुरु गरेर साथ दिने मान्छेहरुको खोजिमा छु’ भनेर लेखे । त्यसपछि उनको पोस्टलाई साथ दिदै पोखराका हाल पोल्यान्ड बस्ने कृष्ण न्यौपानेले रु ५० हजार सहयोग गर्ने घोषणा गरे । त्यसपछि अरु थपिदै गैरहेका छन्  । नागरिक स्तरबाट त्रिशुलीको सुरक्षा पर्खाल निर्माणमा साथ हुँदै जावस आफ्नो पनि ५० हजार बिउपुजी जम्मा  गर्दै अभियानले सार्थक पाउनुपर्छ भनेर उनले आफ्नो अभिव्यक्ती दिए ।

त्रिशुली सुरक्षा पर्खाल अभियान शुरु गर्दा पानी अभियान कर्ता मित्र लाल पार्देले पोस्ट गरेको स्ट्याटस :

“मान्छे त्रिशुलीले निलेको निल्यै छ राजनिति मान्छेको टाउको गन्नमै सिमित नेपाली जनताहरु धनी भएर पनि गरिब छौ भनेर सधै बिलौना गरिरहेका छन् । राजनिती त के भनु भन्ने शब्द पनि छैन । सरकार सधै मगन्ते भन्दा अरु कुरा गर्न जान्दैन । हिम्मत गरौ हे नेपाली जनताहरु हो साथ दिनुहोस् हामी अगाडि सर्न सक्छौ अब मागेर भिखारी बनेर होइन हामिले आफ्नै सोचले ।”

सपना भुलाउने मेट्रो, सुरुङ मार्ग सोच्न त सोचौ तर ती सपनाको आशमा अरु हजारौको ज्यान त्रिशुलीले निलिसकेको हुन्छ बरु त्रिशुलीको छेउमा त्रिशुली पर्खाल अभियान” शुरु गरौ, ट्राफिक अभियान अत्यन्त प्रभावकारी बनाउ । जहाँ जहाँ बस खस्ने ठाँउ छ त्यहाँ त्यहाँ बलियो पर्खाल निर्माण गरौ । गाली मात्र नगरौ । जसले शुरु गर्नेछ र काम अगाडि बढाउनेछ त्यसलाई “त्रिशुलि पर्खाल अभियान” को लागि हामी सबैले गास कटाएर एक दिन दुई दिन भोकै भएर पनि साथ दिने काम गरौ । हिम्मत छ भने सरकार बिलम्ब नगर सरकारी कर्मचारीहरु भ्रष्टाचारमा लिप्त नबन । यदि सरकारले मात्र एक्लै सक्दैन भने यो सम्पुर्ण नागरिक देश भक्त बुद्दिजिवी राजनिती कर्मी एन आर एन कलाकार मात्र एक पटक जुटौ । देशबाट जुटौ बिदेशबाट जुटौ ।

 त्रिशुलीले मान्छे निलेपछि हार्दिक समवेदना होइन “त्रिशुली पर्खाल अभियान ” हार्दिक आव्हान गरौ । हामीलाई नारा होइन सहारा चाहिएको छ । तपाइहरु कसले के सहयोग गर्न सक्नुहुन्छ कृपया आफ्नो विचार दिनुहोस् सम्वेदना होइन रिप होइन ।त्रिशुली पर्खाल अभियान तत्काल शुरु गरौ सरकार तत्काल साथ देल अब बिदेशी दाताहरुको भर परेर कति आफ्ना नागरिकको हत्या गराउछस् । तत्काल , तत्काल ,तत्काल काम शुरु गर वा गरौ ,,,,,,

 त्यसपछि पत्रकार लोकराज अधिकारीले पनि समाचार प्रेषित गर्दै उक्त अभियानको स्वागत गरे ।अहिलेसम्म झन्डै तीन लाख घोषणा भैसकेको छ । बिभिन्न देशमा दबाब समिती गठन हुदैछन ।

उक्त पेज मार्फत हरेक व्यक्ती जनसमुदायलाई त्रिशुली सुरक्षा पर्खाल अभियानमा जोडिन पनि पानी अभियानकर्ता मित्रलाल पार्देले अनुरोध गरेका छन् । राष्ट्रिय गौरवको अभियान भएकोले साथ दिन पनि सबैलाई हार्दिक आवहान गरेका छन्  ।

तपाई कसरी त्रिशुली सुरक्षा पर्खाल अभियानमा भागिदार हुन चाहनुहुन्छ ?

यो पेज शेर तथा लाइक गरेर, दबाब समुह गठन गरेर, ड्राइभरलाई यात्रामा मदिरा पिउन रोकेर, धेरै यात्रु बसमा नराखेर, आर्थिक सहयोग गरेर, श्रमदान गरेर, नैतिक समर्थन, जनदबाब सृजना गरेर, ठाउ ठाउमा, साइनबोर्ड राखेर, पर्खालको लागी अध्ययन गरेर, नैतिक समर्थन गर्दै हरेकलाई ट्राफिक सम्बन्धि जानकारी दिएर,  ड्राइभर मालिक सबैलाई कानुनी दायरामा लिएर, लामो यात्रा र अप्ठ्यारो बाटो हुने ठाउँमा सिट भन्दा बढी ठाउँमा आफै यात्रु जान छोडेर, सिट भन्दा धेरै मान्छे राख्ने बसमा यात्रु सबै एक जुट भएर आफै ओर्लिएर । आदि इत्यादि काम गरेर ।

स्मरण रहोस्  यात्रामा पानीमा डुबेर कोहि पनि मर्न नपरोस् भनेर पानी अभियानकर्ता मित्रलाल पार्देले त्रिशुली सुरक्षा पर्खाल  अभियान शुरु गरेको बताएका छन् । साथै सहयोग गर्ने सम्पुर्ण व्यक्तिहरुको नामावली त्रिशुली सुरक्षा पर्खाल अभियानको नाममा वेबसाईट र फेसबूक पेजबाट सार्वजनिक गर्ने जानकारी पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।

उनको अभियानमा साथ दिदै श्री कृष्ण न्यौपाने  कमल आमागाइ जिवन केसी  सुवाश पोखरेल  प्रदिप तिमिल्सिना  प्रकाश अर्याल प्रदिप अधिकारी लोकराज अधिकारी शोभाराम  घर्ती मगर लगायत बिभिन्न व्यक्तित्वहरुको साथ आइसकेको छ । अन्य व्यक्तिहरूबाट पनि साथको लागी अगाडि बढ्ने खबर प्राप्त भएको छ ।

इटाली रोमबाट रिसर्चर राम भन्डारीले अभियानबारे व्यापल रूपमा छलफल गरेर  कार्यान्वयनमा लैजान ठुलो जनदबाबको आवश्यक पर्ने र सबैको साथले अभियानको उद्देश्य निष्कर्षमा पुर्याउन दबाब समुह गठन गर्नको लागि र बिस्तृत छलफल  गर्न मित्र लाल पार्देलाई निमन्त्रणा गरिसकेका छन् ।

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ०८:५३ मा प्रकाशित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...