back
CTIZAN AD

दाङमा ८२ जना मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने 

वि.सं.२०७४ कात्तिक १५ बुधवार

804 

shares

१५ कात्तिक, दाङ। मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ ।

जिल्ला भूमिसुधार कार्यालयका निमित्त प्रमुख मानबहादुर कँुवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय गरेको हो ।

यसअघि स्थानीय तहहरुबाट भूमिसुधार कार्यालयमार्फत मन्त्रालयमा पठाइएका नामलाई अनुमोदनका लागि फेरि जिल्लामा पठाएपछि बैठकले प्रमाणीकरण गरेको हो । भूमिसुधार कार्यालयले केही दिनमा ती मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने लेखा अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले मुक्त कमलरीलाई परिचयपत्र दिएर न्याय गरेको बताउनुभयो । वास्तविक मुक्त कमलरीले परिचयपत्र पाउनुपर्ने भन्दै उहाँले परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक सिफारिसमा निःशुल्क सेवा प्रदान गरिएको जानकारीसमेत दिनुभयो ।

यसअघि दाङमा १० जना मुक्त कमलरीले परिचयपत्र पाएका छन् । भूमिसुधार मन्त्रालयमा दाङका दुई हजार ९४५ जना मुक्त कमलरीको नामावली रहेको छ भने मुक्त कमलरी विकास मञ्चको तथ्यांकमा चार हजार ६७७ जनाको नाम रहेको र छुटेकाको छिट्टै पठाइने पूर्व कमलरी उर्मिला चौधरीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ कात्तिक १५ बुधवार ०३:२९ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...