Logo
१९ माघ २०७९, बिहीबार
     Thu Feb 2 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री र अध्यक्ष थापा बीच निर्वाचनका लागि टिकट बाँडफाँडबारे छलफल



१६ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले बुधबार भेट गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट बाँडफाँडबारे बुधबार छलफल गर्नुभएको छ ।

बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली काँग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरीत काँग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाउनुभएको थियो । उक्त स्थानमा काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ ।

छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति दुई नेताबीच भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उक्त स्थानमा लोकतान्त्रिक गठबन्धनबाट दुई उम्मेदवारको प्रतिस्पर्धा भए पनि देशभरका अन्य स्थानमा पूर्वसहमति अनुसार दुवै पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ ।

पूर्वसहमतिअनुसार काँग्रेसले प्रतिनिधिसभामा सात संख्या तथा प्रदेशसभामा २० देखि २५ सिट राप्रपालाई दिने भएको पाठकले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मुगु जिल्लाबाट प्रतिनिधि सभामा निर्बाचित सांसद ऐनबहादुर शाहीले मुगु जिल्लाका सम्पूर्ण बाढी

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू