Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

धनगढीमा पाँच सयभन्दा बढी कर्मचारी कार्यालयमा अनुपस्थित



१६ कात्तिक, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले सदरमुकाम धनगढीमा रहेका विभिन्न कार्यालयको बुधबार छड्के निरीक्षण गर्दा झण्डै पाँच सयभन्दा बढी कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।

कर्मचारीको अनुपस्थितिकै कारण नजिकिएको निर्वाचनको काम प्रभावित हुन सक्ने र वडा दशैं र तिहारको बिदामा घर गएका कर्मचारी लामो समयसम्म पनि कार्यालयमा नफर्किने प्रवृत्ति बढ्दै गएको अवस्थामा कार्यालयले दिने सेवा प्रवाहमा कमीकमजोरी नहोस् भन्ने उद्देश्यले आज छड्के निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

झण्डै ४५ वटा कार्यालयको छड्के निरीक्षण गरिएकामा २४ जना कर्मचारी कार्यरत रहेको जिल्ला प्राविधिक कार्यालयमा २२ जना अनुपस्थित रहेको पाइएको प्रजिअ रिजालले बताउनुभयो ।

यस्तै, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेती अञ्चल अस्पताल धनगढीमा ८२ जना कर्मचारी अनुपस्थित रहेको पाइयो ।

लामो समयसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीको विषयमा छानविन गरी बिनाकारण अनुपस्थित रहेको पाइएमा सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि लेखी पठाउने तयारी भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ