
१६ कात्तिक, एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर अगुएरो म्यान्चेष्टर सिटीका सर्वकालीन उच्च गोल कर्ता बनेका छन् । हिजो राति सम्पन्न चयाम्पियन्स लिगको खेलमा ईटलियन क्लब नापोलीविरुद्ध गोल गर्दै अग्युएरो म्यान्चेष्टर सिटीका उच्च गोलकर्ता बनेका हुन् । उनले सिटीका पुर्व खेलाडी एरिक ब्रुकको रेर्कड तोडेका हुन् । उनले आज सम्म सिटीको जर्सीमा १७८ गोल गरेका छन् ।
हिजो भएको खेलमा सिटीले नापोलीलाई ४ -२ गोल अन्तरे हराएको थियो । जित सँगै सिटी चयाम्पियन्स लिगको अन्तिम १६ मा समेत प्रवेश गरेको छ । सिटीले च्याम्पियन्स लिगको यस सिजनमा खेलिएका ४ खेलमा ४ जित निकाल्दै १२ अंकको साथ समुह एफको शीर्ष स्थानमा रहेको छ ।