१६ कात्तिक, एजेन्सी स्पेनिश क्लब रियल म्याड्रिडका सर्मथकहरु यति बेला निकै निराशमा छ छन् किन भने गत सिजनको निकै सफल क्लब रियल म्याड्रिड यति बेला चरम संकटबाट गुज्रिएको छ । गत सिजन लालिगामा निकै राम्रो प्रर्दशन गरेर लिगको उपाधि जितेको रियल यो सिजन भने शीर्ष स्थानको वार्सिलोनाभन्दा ८ अंकले पछि परिसकेको छ । लालिगामा अहिले सम्म खेलिएका १० खेलमा २ मा हार २ मा बराबरी तथा ६ मा जित निकालेको छ । जुन रियलका प्रशिक्षक जिनेदिन जिदानको सबैभन्दा खराब सुरुआत हो । यस्तै रियलले युरोेपेली फुटबल प्रतियोगिता अर्थात च्याम्पियन्स लिगमा निकै खराब प्रर्दशन गरेको छ ।
समुह चरणको खेलमा ईङलिश प्रतिद्वन्दी टोटेन्ह्यामसँग ३ १ को हार बेहोरेसँगै च्याम्पियन्स लिगको विजयी यात्रा टुंगिएको हो । यो सँगै रियल म्याड्रिड लगातार २ खेलमा पराजित भएको छ । लालिगामा गिरोनासँग हारेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा समेत पराजय भोगेपछि रियलमाथि दवाब थपिएको हो । कमजोर डिफेन्स लाईन, मध्यपंक्तिमा समेत उचित तालमेलको अभाव आक्रामक फरवार्ड लाईन नहुनु जस्ता कारणले रियलको संघर्षपुर्ण यात्रा अझ कठिन बन्दै गएको छ ।
वि.सं.२०७४ कात्तिक १६ बिहीवार ०७:४३ मा प्रकाशित