Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा



 election-prades१६ कात्तिक, म्याग्दी  । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दल आफ्ना उम्मेदवारलाई भोट माग्न जनताको घरदैलोमा पुग्न थालेका छन् । आफ्नो चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका उम्मेदवारहरुले जिल्लाको विकास निर्माण र समृद्धिका लागि आफ्नो कार्यकालमा गर्ने योजना जनतामाझ राखिरहेका छन् ।

जिल्लामा तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले चुनावी आमसभा, घरदैलो लगायतका माध्यमबाट चुनाव प्रचार प्रसारलाई तीव्र बनाएका हुन् । प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेपछि निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ । तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ । प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा उत्रिएका छन् ।

मंगला गाउँपालिका–३ बरंजाबाट संयुक्त चुनाव प्रचार अभियान शुरु गरेको वाम गठबन्धनले प्रदेश सभाको २ नं क्षेत्रमा रहेका मंगला, मालिका र धौलागिरि गाउँपालिकामा घरदैलो, आमसभा तथा कार्यकर्ता भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छ ।

यता प्रदेश सभाको क्षेत्र नं १ मा राप्रपाका भीमप्रसाद गौचनसँग प्रतिस्पर्धामा रहेका वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता विनोद केसी सहितको टोलीले अन्नपूर्ण गाउँपालिकामा घरदैलो सकेर रघुगंगा गाउँपालिकाको गाउँ गाउँमा भरदैलो अभियान सञ्चालन गरेको छ । राप्रपासँग चुनावी तालमेल गरेको नेपाली काँग्रेसले समेत चुनाव प्रचार प्रसार अभियानलाई तीव्र्र बनाएको छ । उत्तरी अन्नपूर्ण गाउँपालिका–३ दानाबाट चुनाव प्रचार अभियान थालेको काँग्रेसले अन्नपूर्ण गाउँपालिकाका सम्पूर्ण वडासहित, बेनी नगरपालिका, मंगला, मालिका र धौलागिरि गाउँपालिकामा चुनाव प्रचार अभियानलाई तीव्र बनाएको नेका म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँले बताउनुभयो ।

उता, प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका अमलाल फगामीले समेत घरदैलो अभियानलाई तीव्र बनाएका छन् । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए । कूल ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी