
१६ कात्तिक, पर्वत । नेकपा एमालेका निर्वतमान सांसद तथा पर्वत जिल्ला प्रदेश नम्बर ख का उम्मेदवार विकास लम्सालले पर्वतमा वामपन्थी दलले १० हजार भन्दा धेरै मतले जित्ने दावी गरेका छन् । मषिंर २१ मा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउदै नेता लम्सालले सो कुराको दावी गरेको हुन् ।
यसै गरि वाम गठबन्धनको तर्फबट प्रतिनिधि सभाका उम्मेदवार तथा एमाले युवा नेता पदम गिरीले अबको पालो कम्युनिष्टको भन्दै पर्वत जिल्ला वामपन्थी दलको किल्ला बन्ने दावी गरे । उनले पर्वतका ३ वटै क्षेत्रमा गठबन्धन भारी मतले विजय हुने दावी गरे ।
यसै गरि प्रदेश सभा क का उम्मेदवार तथा माओवादी केन्द्रका नेत नेत्र अधिकारीले पर्वत जिल्लामा कम्युनिष्टहरुको जित शुनिश्चित रहेको बताए । उनले पर्वत जिल्लाको समृद्धि वामपन्थी दलबाट मात्र सम्भव रहेको भन्दै वामगठबन्धनलाई अत्यधिक मतले जिताउन अपिल गरे ।