Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग, पढाइ पनि प्रभावित



१७ कात्तिक, इनरुवा । सुनसरीमा मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग गरिएको पाइएको छ ।

सरकारी कार्यालयको सरकारी नं प्लेटका विभिन्न नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयको सवारी विभिन्न पार्टीका कार्यकर्ता ओसार्न र मनोनयन दर्ताका लागि पार्टीको काममा प्रयोग भएको पाइएको हो । यहाँ आधा दर्जनभन्दा बढी सवारीसाधन दलको प्रचार र सभामा तथा मनोनयन दर्तामा प्रयोग भएको स्थानीयवासीले बताएका छन् । यहाँ स्थानीय तहसँगै मन्त्रीको सुरक्षाका नाममा विभिन्न ठाउँमा सरकारी गाडी प्रयोग भएको हो ।

जिल्लाबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत मन्त्री र राज्यमन्त्री तथा पूर्व मन्त्रीसमेतले सरकारी सवारी साधन प्रयोग गरेका हुन् । उम्मेदवारीका लागि सरकारी सवारी साधन प्रयोग गरेकामा स्थानीयवासीले विरोध जनाएका छन् । यता निर्वाचन आयोगले समेत अनुगमन नगर्दा सरकारी सवारी साधनको दुरुपयोग भएको हो ।

पढाइ प्रभावित

इनरुवा–१ स्थित भगवती माविमा मनोनयन दर्ताको बेला बालबालिकाले पढ्न नपाएको गुनासो गरेका छन् । विद्यालयमा निर्वाचन आयोगले मनोनयन दर्ताको कार्यक्रम राखेकाले त्यहाँ विहिबार पठनपाठन हुन नसकेको हो ।

विद्यालय र बालबालिका शान्ति क्षेत्र भएको घोषणा गरिए पनि निर्वाचनमा बालबालिकाको मौलिक अधिकार हनन हुने गरी विद्यालयको प्रयोग गरेको प्रति विद्यार्थी तथा अविभावकले आपत्ति जनाएका छन् । विनासूचना विद्यालय बन्द गराइएकाले बालबालिका त्रसित हुँदै घर फर्केका छन् । विद्यालयले आफ्नो नियमित कक्षा सञ्चालन गर्नुपर्नेमा शिक्षक प्रधानाध्यापक समेत पार्टीको प्रचारमा हिँडेकाले पढाइ प्रभावित भएको विद्यार्थीको गुनासो छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३