Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रतिनिधिसभामा ५२ र प्रदेशसभामा ८५ को उम्मेदवारी, लक्ष्मण थारुले पनि दिए उम्मेदवारी



१७ कात्तिक, धनगढी । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कैलालीमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशसभातर्फ ८५ को उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि दश निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभामा चार स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रको प्रदेशसभाको दुई पदका लागि एक स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि दुई स्वतन्त्रसहित नौ र दुई प्रदेशसभा सदस्यका लागि चार स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित दश र प्रदेशसभाको दुई सदस्यका लागि एक स्वतन्त्रसहित १४ को उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित सात र दुई प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित १५ को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र ५ मा प्रतिनिधिसभा सदस्यका लागि ११ को र दुई प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता गराउनेमा निर्वाचन क्षेत्र न ं५ बाट कांग्रेस नेत्री आरजु देउवा तथा क्षेत्र नं ४ बाट वाम गठबन्धनका माओवादी केन्द्रका नेता लेखराज भट्ट र कांग्रेसका नेता सुनिलकुमार भण्डारीसमेत छन् ।

उम्मेदवारी दर्ता गराउनेमा तीन दिनअघि मात्र एमालेबाट कांग्रेस प्रवेश गर्नुभएका पूर्व राज्यमन्त्री मोहनसिंह राठौर रहेका छन् उनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनेमा टीकापुर घटनाका अभियुक्त कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारुसमेत रहेका छन् । थारुंले राजपा नेपालका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ का लागि उम्मेदवारी दर्ता गराएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

स्व. दण्डपाणि अर्ज्यालको नाममा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्र काठमाडौको आयोजनामा गोरखा नगरपालिका स्तरीय