१६ कात्तिक, काठमाडौँ । आगमि मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेशको चुनाव हुदै छ । प्रदेशको लागि वाम गठवन्धनकी पुर्व सांसद दुर्गा पौडेल तथा पुननिर्माण प्राधिकरणका पुर्व सिईओ गोविन्दराज पाखरेल सँग प्रतिस्पर्धा हुने भएको छ । पौडेल राजोमो की नेतृ हुन भने पोखरेल कांग्रेसका नेता हुन् । यी दुईवीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ । पोखरेल केहि समय अघि मात्र पुर्ननिर्माण प्राधिकरणको सिइओबाट राजिनामा दिएर प्युठान वाट चुनाव लड्न लागेका हुने भने पौडेल दुइ पटक सांसद वनि सकेकी नेतृ हुन् । पौडेल राजमोको सक्रिय नेतृ मानिन्छिन् । प्युठान राजमोको उत्पत्ति स्थान समेत हो । अर्थात राजोमोका भुमिगत नेता महोनविक्रम सिंहको गृह जिल्ला समेत प्युठान हो । यस भन्दा अघिका प्रतिनिधिसभाका कुनै पनि चुनाव नेपाली काङ्ग्रेसले जित्न सकेको छैन वि सं २०६४ सालमा भएको संिवधान सभाको चुनावमा दुइओटा क्षेत्र नै माओवादी केन्द्रले जितेको थियो । वि सं २०७० भएको संविधान सभाको चुनावमा नेकपा एमालेले ले नै दुइ ओटा क्षेत्र जितेका थियो । चार महिना अघि भएको स्थानिय निकाएको चुनावमा नेकपा एमाले एक नगरपालिका सहित दुइ गाउॅपालिका, माओवादी केन्द्रले एक नगरपालिका र एक गाउॅपालिका , राजोमो दुइ गाउॅपालिका र नेपाली काङ्ग्रेसले ३ गाउॅपालिका जितेका थिए ।
प्युठानका प्रमुख चार दल मध्येका ३ दल राजमो ,नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरे पछि तुलनात्मक रुपमा नेपाली काङ्ग्रेस भन्दा गठबन्धन बलियो मानिएको छ । पौडेल र पोखरेल दुवैले मनोनयन दर्ता पछि आफ्नो जित शुनिश्चित भएको दावी गरेका छन् । प्युठानमा वामगठबन्धन बाट प्रदेश तर्फ क मा हरी रिजाल तथा लोकतान्त्रिक गठबन्धनको तर्फबाट टेक प्रसाद भण्डारी चुनावि मैदानमा उत्रेका छन् । यस्तै प्रदेश तर्फ ख मा वामगठबन्धनका तर्फबाट कृष्णध्वज खड्का उठेका छन् । खड्का यस अघि २०७० सालमा भएको संविधान सभाको चुनावमा एमालेका नेता बामदेव गौतमसँग पराजित भएका थिए । लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश ख मा अमर बहादुर भण्डारी चुनावमा उत्रिएका छन् ।
वि.सं.२०७४ कात्तिक १७ शुक्रवार ०६:५२ मा प्रकाशित