Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग



help1काठमाडौं । लोकदोहोरी गायक मिलन लामाको ‘बाढी पीडितलाई घर’ अभियानलाई अमेरिकाबाट एकहजार डलर सहयोग प्राप्त भएको छ ।

तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट प्राप्त उक्त रकम (बुधबार–कात्तिक १५ गते) एक कार्यक्रमका बीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गायक लामालाई प्रदान गरे ।
गत साउनमा गएको बाढीका कारण चितवन रत्ननगरको चेपाङ वस्तीमा धेरैले क्षति बेहोरेका थिए । सोही स्थानमा विभिन्न सहयोग रकम जुटाउँदै गायक लामाले पाँच वटा घर निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेका छन् ।
लामाको उक्त अभियानबाट प्रभावित भएर थप घर बनोस भन्ने उद्देश्यका साथ तामाङ कोअपरेसनले सहयोग रकम पठाएको कोअपरेसनकी सदस्य पार्वती तामाङले जानकारी दिइन् ।
‘यो हाम्रो सानो सहयोग हो, आगामी दिनमा थप सहयोग गर्ने कोसिसमा रहनेछौं,’उनले भनिन् ।
आफ्नो अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गर्दै गायक लामाले कोअपरेसनका अध्यक्ष भोजकुमार दोङलगायत कोअपरेसन परिवारलाई धन्यवाद दिए । ‘फेसबुकको अभियान थियो, बाढी पीडितलाई घर, यसैमार्फत पाँच घर बनिसकेको छ, गरिबको घर बनाउने क्रममा तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट एक लाख तीनहजार रकम प्राप्त भयो, उहाँहरुलाई धन्यवाद, म पक्कै पनि यसको सही सदुपयोग गर्नेछु,’
गायक लामाले भने । गायक लामाले अगामी दिनमा एकसयवटा घर बनाउने आफ्नो लक्ष्य रहेकोले सहयोगका लागि सबैलाई अनुरोध समेत गरे ।
घेदुङका अध्यक्ष गोले, घेदुङका सचिव रामकृष्ण लामा र तामाङ सञ्चार समूहका अध्यक्ष जगतमान दोले सहयोगीप्रति आभार व्यक्त गर्दै लामाको अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा इटाली निवासी मिला थोकरले पनि दशहजार रुपिँया हस्तान्तरण गर्नु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू