Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

माछा पुछ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता



mblमाछापुछ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुछ्रे  बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाका बीच सम्झौता आदान प्रदान भएको छ । साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले एक कार्यक्रमका बीच उक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका थिए ।
यो सम्झौता पश्चात दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुछ्रे  बैंकका नेपालभरि छरिएका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् ।
माछापुछ्रे  बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट