Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

आफ्नै सम्पादकको कुरो के लेखौं र खोइ ?



chandaसम्पादक मीना शर्मा कस्ति छन मलाई थाहा थिएन । म, आफ्नै विरामी वुवालाई औषधि किन्ने पैसा आफन्त अनि छर छिमेकले नपत्याएपछि वुवाको उपचारको श्रोत जुटाउन बैदेशिक रोजगारमा जान बाध्यभएकी थिए । म, ववुरी खाडीको ओमानमा कार्यरत थिए । नवलपरासीका इश्वर रेग्मी भाइ ( जो मस्कटमा कार्यरत हुनुहुन्थ्यो) ले विदेशमा बस्ने नेपालीको दुःख सुख बोक्ने पत्रिका भन्दै बताएपछि मैले मस्कटबाट सललाह ऐक्यबद्धता मासिक पत्रिका मगाएकी थिए । सायद त्यो सन् २००४ तिरको कुरा थियो । मस्कटमा त्यो भन्दा पहिले नै स्याङ्जा मिर्मिका तोलाकान्त भट्टराई दाईमार्फत ऐक्यबद्धता पुगेको थियो ।

सम्पादकीय र प्रकाशकीय पृष्ठलाई ध्यान दिने स्तरमा म पुगेकी थिइन् । तर, तोलकान्त दाइ, इश्वर रेग्मी भाई र देवनारायण तिवारी सरले महिला सम्पादक भएको पत्रिका भनेपछि गर्वले छाती फुलेको थियो । अनि त्यहि सम्पादकीय पेजलाई हेरेर मीना शर्मा पढेकी हुँ । धेरै देशका नेपालीवीच पुग्ने ऐक्यबद्धता पत्रिका जब म समक्ष पुग्थ्यो संसारभरीका नेपालीको खबर बोक्ने नेपाली पत्रिका भनेपछि बेलुकी काम सकेर पढ्ने र राति सिरानीमा राखेरै सुत्ने गर्दथे ।

मैले ऐक्यबद्धतामा छाप्नका लागि ओमानमा नेपाली चेलीका कथा व्यथा लेखेर पठाउने निष्कर्षमा पुगे । त्यतिबेला पत्रिकाको फोन खैसरा बहिनीले उठाउँनु हुँदो रहेछ । दिउँसोको समय कामका बेला मालिकको समय चोरेर ऐक्यबद्धताकी सम्पादक मीना शर्माको बोली सुन्ने र हुटहुटी जागेकोले फोन गरेकी थिए कार्यालयको अफिसमा । तर, फोन खैसराले उठाएर सम्पादक मीना शर्मा कार्यालय बाहिर गएको खबर दिनु भएको थियो । उहाँसँगको कुराकानी पछि मैले ऐक्यबद्धताको पोस्ट बक्स नं ९०५१ मा निरन्तर हुलाकमार्फत लेख तथा त्यहाँ भएका नेपाली समाजका गतिबिधिहरु पठाउन थालें । पत्रिकाको संगत र त्यसले पारेको प्रभावसँगै मलाई न्यायका लागि अझ अग्रसर भएर अगाडि बढ्ने उत्प्रेरणा मिल्यो । झापा चन्द्रगढीकी बहिनीलाई मालिकले कुटेपछि कानुनी उपचार, स्वास्थ्योपचार र ओमानबाट उनको उद्धार गर्दै नेपाल आइपुगे र पहिलो सम्पर्क ऐक्यबद्धतामै गरें ।

आन्दोलन चर्किरहेको र कर्फुयू लागिरहेको विचमा म दोश्रो जनआन्दोलनका घाइतेको फोटो र कथा उतार्दै प्रत्यक्ष पत्रकारीता सुरु गरे । कतिपय आवश्यक कुरो पनि नबोल्ने र नखुल्ने सम्पादकको वानी सँग म शंसकित भएकी पनि हुँ । फेरि महिलाले महिलाललाई इश्र्या गर्छ र अघि बढ्न दिन्न भन्ने मनोविज्ञानले मलाई पनि छोएको थियो । थोरै बोलेपनि उहाँले मलाई प्वाक्क भन्नु भयो ‘ पत्रिका बेचेर र विज्ञापन खोजेर बाँच्न सकिन्छ किन जानुहुन्छ विदेश ?’ उहाँ मात्र होइन्, पत्रिकाका अध्यक्ष निलकण्ठ तिवारी सरले मलाई झनै हौसला दिनु भयो र नेपालमै संघर्ष गरेर बाँच्ने ठाउँ पाए । २०६२÷६३ को जनआन्दोलनलगत्तै ऐक्यबद्धता पत्रिकामा माओवादी नेताहरुको ओहोर दोहोर हुन थाल्यो । सीपी गजुरेल, मोहन बैद्याको रिहाइका लागि निलकण्ठ तिवारी सरको चिन्ता देखेर मलाई लागिरहेको थियो, ‘उहाँ ठुलै माओवादी हुनुहपर्छ ।’ सशी श्रेष्ठ, हिसीला यमी, जयपुरी घर्ति, राधा ज्ञवाली, लगायतका महिला नेतृहरुको ओहोर–दोहोर र गणतान्त्रिक महिला मंचको केन्द्रीय सदस्य हुँदै संयोजकसम्मको जिम्मेवारी पाएकी मिना शर्मालाई पनि ठूलै माओवादीको अनुमान गर्थे ।
उहाँहरुको सम्पर्क र सम्बन्ध हेर्दा पत्रिकाको पुरानो अंक केलाउन मन लाग्यो । फर्शुराम भाइलाई भने, ‘पुराना अंकहरु यता ल्याउनुस् त !’ पल्टाएर हेरे । शुरुको अंकमा ‘ संविधानसभाको माग थियो । २०५९ को बैशाख १ गते एमाले नेता बामदेव गौतमको उपस्थितिमा पत्रिका विमोचन गरिएको रहेछ । त्यस लगत्तै दोश्रो अंक बजार जान नपाउँदै सेनाले कार्यालयबाट सहसम्पादक विनोद भाइलाई गिरफ्तार गरेर वेपत्ता बनाएछ । सम्पादकलाई घरैबाट लगेर १ महिना चर्को यातना सहित बेपत्ता बनाएर ठूलो दवाव पछि जेल पु¥याएको रहेछ । थाहाँ पाए की २०५८ मंसीरबाटै पत्रिकाको अध्यक्ष दूरसंचारको रहर लाग्दो जागिर त्यागेर भूमिगत भइसक्नु भएको रहेछ । शुरुमा अरुसँग र पछि उहाँहरुसँग सोध्दा पो थाहा पाएं । खान लाउन नपुगेर र रहर तथा लहडले होइन् बैचारिक आस्थाकै कारण उहाँहरु माओवादी हुनुहँदोरहेछ ।

mina-sharma1
पर्वतको एउटा खानदानी परिवारका उहाँहरु जयनारायण सर हेडमास्टर छाडेर र अध्यक्षज्यू दूरसंचारको जागि छाडेर आन्दोलनमा होमिनु भएको रहेछ भने सो परिवारका कृष्ण सर र दीपक सर मात्र होइन, छोरा विनोद र छोरी भगवती लगायत अधिकांश आन्दोलनमा जोडिनु भएको रहेछ । पर्वत जिल्लाका माओवादी इन्चार्ज तथा हालका उम्मेदवार नेत्र अधिकारीले केही वर्ष अगाडि मेरो जिज्ञासमा भन्नु भएको थियो ‘परिवारका सबै सदस्य सक्रियतापूर्वक लाग्ने उहाँहरुको परिवार पर्वतमा मात्र होइन देशमै नमुना मध्येमा पर्छ ।’ यति थाहा पाइसकेपछि मैले अध्यक्षलाई नै सोधे ‘हो, रुपान्तरणको आन्दोलनमा २०४६,२०५४,२०५५ मा जेल बसेको तथा २०५८ देखि जागिर छोडेर भूमिगत भएको सेनाको कुटाइ र यातना लगायत पछि सेवामा फर्किदा सम्मका कथाहरु उहाँले मलाई बताउँनु भयो ।

विदेश बस्ने नेपालीहरुका पत्रकारिताको भावनामा जोडिएकी मैले अब कुन बाटो रोज्ने ? म द्धिविधामा परें । एक मनले भने फेरि विदेश नगएको भए वातावरणले मलाई पनि त बन्दुक नै बोक्न बाध्य बनाउथ्यो अर्को मनले राजनीति ठूला मान्छेले र धनीले मात्र गर्ने कुरा यता नपसौं की ! हुन त प्रत्यक्ष अप्रत्यक्ष रुपमा मेरो परिवार पनि माओवादी जनयुद्धबाट टाढा रहेको थिएन् । उनीहरु पनि जनयुद्धको भागीदार बनिसकेका थिए । मैले अध्यक्षसँग फेरि प्रश्न गरें ‘पत्रिकालाई पार्टीको मुखपत्र बनाउने इच्छा छ की ?’ उहाँहरुले भन्नु भयो, ‘ होइन, व्यक्तिगत रुपमा हामी कुनै पार्टी र विचारसँग नजिक वा आवद्ध हौला तर संस्थालाई त्यो भन्दा पनि माथि राख्छौं ।’ पुराना अंक फेरि पढे । विचार, गुट, जाती, धर्म, वा स्तुतिगान र गाली गलौजका शब्द भन्दा माथि नै थियो पत्रिका । विदेश बस्ने नेपालीहरुको देशप्रतिको ऐक्यबद्धता जुटाउने धर्ममा निष्ठावान रहेको पाए । पार्टीमा लाउ की स्वतन्त्र बसौं भन्ने बिच मैले आफूलाई सम्हाले । माटो र देशप्रतिको माया भएका मान्छे पार्टीमा बाँधिन पर्छ भन्ने जरुरी ठानिन् र म स्वतन्त्र नै बसे ।

लामो समय आन्दोलनमा बिताएकी, गणतान्त्रिक महिला मंचको संयोजक भएकी, बुद्धिजीवि संगठनमा लगातार सक्रिय रहेकी, काहुराष्ट्रकी महासचिव रहेकी र राष्ट्रप्रति समर्पित पत्रकारितामा जोडिइरहेकी सम्पादकले मलाई ‘ पार्टी सदस्य बन्नुस्’ भनेर कहिले प्रस्ताव गर्नु भएन । प्रकाशन गृहको प्रमुखहरुको विचार र आवद्धता बुझेर  माओवादीलाई बढाइ चढाइ गर्ने गरि आएका रिर्पोटहरुलाई उहाँले निर्ममतापुर्वक सम्पादन गरेर सन्तुलनमा राखेपछि दल रोज्ने व्यक्तिगत स्वतन्त्रता र राष्ट्रप्रति समर्पित पत्रकारितालाई उहाँले व्यवहारमै देखाउनु भयो भन्ने मलाई लागेको छ ।

राष्ट्र र राज्यको संयन्त्र सहि बनाउने उद्धेश्यसहित मान्छेहरु पार्टीमा सक्रिय होलान भन्ने मलाई लागेको थियो । तर, त्यस्तो हुँदो रहेनछ । माओवादीलाई भेट्न र सम्पर्क सुत्र खोज्दै आउनेहरु अहिले पार्टी चहार्दै महत्वपूर्ण पद प्राप्ति गरीसकेका छन् । ऐक्यबद्धतामा आएरै सम्पर्क बढाउनेहरुले पद–प्रतिष्ठा र पजेरो जोडिसकेका छन् । तर, श्रम–पसिनाको आर्जनलाई बचत नगरेर आर्दशका लागि समर्पित मिना शर्माशरु कहिलेकाँही उपचार गर्न पैसा नपुगेर छटपटीमा परेको मेरै आँखाले देख्नु परिरहेको छ । मैले कुनै पार्टीको सदस्य लिएकी छैन । रुपान्तरणको आन्दोलनमा सदैव साथ दिने एउटा कर्तव्यनिष्ठ नागरिक भएको हिसावले मुद्दा विशेषमा समर्थन र आलोचना हुनेगर्छ । पार्टीमा बाधिएका मान्छेले जस्तो सेतोलाई कालो र कालोलाई सेतो भन्ने दरकार ममा छैन ।

२०७४ कात्ति क १७ गते राती १० बजेतिर सम्पादक मिना शर्माको फेसबुक स्टाटस पढे, कवितात्मक शैलीमा उहाँले लेख्नु भएको,

एउटाको छायाँमा
अर्काको चित्र
समाजवादको दृश्य
कस्तो विचित्र ?

ल्यारक्यालहरुको राइँदाइँ
ठेकेदारहरुको बढाईँ
छोराछोरी, बुहारी र ज्वाईं
नम्बर चढेछ स्वाइँस्वाइँ

पटकपटकका जेल
यातना र नेल
थिलोथिलो शरीर
फगत इतिहासको दलिल ।

सरसर्ती पढे । पढ्दै जाँदा निर्वाचन आयोगको समानुपातिक लिस्ट पनि वेवसाइटमा हेरें । म आफू माओवादी कार्यकर्ता नभएको कारण मैले उसको आन्तरिक जीवनका बाध्यता बुझेकी छैन । तर, समाजवादतर्फको यात्रामा लम्केको पार्टीका नेतामा समाजवादी संस्कृति र न्यूनतम आचरण हुनुपर्दछ भन्ने कुरा म स्वतन्त्र नै भएपनि बुझ्छु । माओवादी खुला भएपछि अन्तरिम विधायक भएका, २०६४ मा सांसद भएका, २०७० मा चुनाव लडेका र समानुपातिक तथा राजनैतिक नियूक्ति दोहो¥याई–तेह¥याई खाइरहेका, नेता पत्नी, आफन्त, ठेकेदार र पैसावालहरु नै सूचीमा देखें । कांग्रेस, एमाले र अरु पार्टी पनि यो प्रवृत्तिले गाँजिएको भेट्टाए । एमालेमा त माधव गुट बढारिएको टिप्पणी सम्म आएको छ । अरु चर्चा पछि गरौंला ।

मैले सोच्दै गए मिना जी किन पर्नु भएन ? सायद कहिलेकाँही औषधि किन्न पनि पैसा नहुने मिना जीले पैसैको विटो बुझाउन नसकेर हो की भन्ने ठहर गरें । मैले मिना जीलाई नसोधिकन प्रतिक्रिया स्वरुप यो लेखेकी हुँ । माओवादी भित्र ल्यहारक्याल र ठेकदारहरुको हिसाव खोज्ने अधिकार मलाई छैन । तर, जिम्मेवार नागरिकका हैसियतले टिप्पणी गर्ने सुरक्षित अधिकारको प्रयोग मात्र गरेकी हुँ ।

निश्चय पनि माओवादी आन्दोलनमा ओझेलमा पारिएका धेरै मिना शर्माहरु हुनुहुन्छ मेरो सहानुभुति उहाँहरुप्रति पनि हो । मैले उहाँलाई यो टिप्पणी मार्फत नै भन्छु एउटा पार्टीले तपाइको व्यक्तिगत मूल्यांकन गर्न नसकेपनि स्वदेश तथा विदेशका लाखौं नेपालीले तपाइको त्याग, निष्ठा, समपर्ण, देशभक्तिको भाव र योगदानको उच्च कदर गर्नेछन । तपाइले कवितामा कोरे जस्तै ‘पटक पटक जेल, यातना र नेल अनि थिलो थिलो शरीर–इतिहासको दलिललाई राष्ट्रले एकदिन अवस्य बुझ्नेछ । १४ वर्षदेखिको अप्रत्यक्ष र १२ वर्षदेखिको प्रत्यक्ष संगत गरेकी तपाइकै सहयात्री (राजनैतिक आवद्धता बाहेक) भएको नाताले मैले यो टिप्पणी नगरीकन बस्न सकिन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा