Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

तलब भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा



१८ कात्तिक. अर्घाखाँची। अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका डा रामबहादुर बिसीले आफूले पाउने तलब तथा सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने रु एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर रोगीको उपचारमा खर्च गर्ने बताउनुभयो ।

सन्धिखर्कमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै डा बिसीले जनता जनार्दन भएकाले आफूले पाउने तलब तथा सेवा सुविधा जनताकै नाममा खर्च गर्ने बताउनुभएको हो ।

उहाँले जिल्लालाई नमूना जिल्ला बनाउनका लागि मेरो उम्मेदवारी हो, निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो भन्नुभयो ।

बिसीले भन्नुभयो “विकास गर्नका लागि उम्मेदवार भएर आएको हँुदा जिल्लाको विकासका लागि निरन्तर लाग्ने र नमूना जिल्ला बनाउने अभियानमा लाग्ने छु । जनताले यसपटक फरक व्यक्ति खोजेकाले मैले जित्ने निश्चित छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको

काठमाडौं । नेकपा (एमाले) नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्

काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः

सन्सारन्युज । माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा