back

प्रहरीको हिरासतबाटै थुनुवा फरार

वि.सं.२०७४ कात्तिक १८ शनिवार

585 

shares

१८ कात्तिक, सुरुङ्गा, झापा । प्रहरीको हिरासतबाटै शुक्रबार राति एक जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी गएराति फरार भएका हुन् । मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको अवस्थामा उनी फरार भएका हुन् । भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए ।

पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट ८ः४५ बजे फरार भएको प्रहरी स्रोतले जनाएको छ । अस्पताल जाने बित्तिकै उनी शौचालय गएका थिए । माझीले शौचालयको चुकुल लगाई धारा खोलेर भेन्टिलेशनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिनुभयो । फरार माझीको खोजी कार्य भइरहेको बताइएको छ ।

वि.सं.२०७४ कात्तिक १८ शनिवार ०६:१९ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...