back

पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी

वि.सं.२०७४ कात्तिक १८ शनिवार

273 

shares
RBB AD
NTC AD

१८ कात्तिक, काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा प्राविधिकलाई दिने तलबभत्ता स्थानीय तहमै पठाउने उल्लेख गरिएको छ ।

पुनःनिर्माणका क्रममा उत्कृष्ट काम गर्ने स्थानीय तह र कर्मचारीलाई पुरस्कृत गर्ने, भूकम्प प्रभावित जिल्लाका पीडितले घर भत्किएको स्थानमा कुनै कारणले बनाउन नसक्ने भए अर्को जोडिएको जिल्लाको स्थानीय तहमा मात्र बनाउन पाउने घोषणा गरेको छ ।

घोषणामा भूकम्पपीडित लाभग्राहीको खातामा रकम हाल्न तोकिएका बैंकलाई चेक प्राप्त भएको दुई दिनभित्र पैसा जम्मा गरिसक्नुपर्नेलगायत २८ बुँदा छन् ।

अन्तरक्रियामा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आउँदो वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई स्थायी घरको छानामुनि ल्याउने लक्ष्य भए पनि स्थानीय तह र कर्मचारीलाई ८० प्रतिशत नाघ्ने गरी काम गर्न अनुरोध गर्नुभयो ।

वि.सं.२०७४ कात्तिक १८ शनिवार ०६:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चितवनको बस्तीमा पसेको बाघ नियन्त्रणमा

चितवनको बस्तीमा पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।...

आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगन

आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित...

दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

त्रिवेणी(रुकुम पश्चिम) । रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो...

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन...

कागेश्वरी मनहरा घटना : मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला

कागेश्वरी मनहरा घटना : मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा आज बिहान मृत...

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

काभ्रेपलाञ्चोक । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा...