back

कास्कीमा १२ जना महिलाले चुनावी प्रतिस्पर्धा गर्दै

वि.सं.२०७४ कात्तिक १८ शनिवार

612 

shares

women-leader१८ कात्तिक, पोखरा । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा १२ जना महिलाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका कूल १०१ उम्मेदवारमध्ये प्रतिनिधि सभाका लागि चार र प्रदेश सभा आठजना महिलाले टिकट पाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट उमा दर्लामी, राष्ट्रिय जनमोर्चाबाट दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट लक्ष्मी विश्वकर्माले उम्मेदवारी दिनुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनबाट जानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट सीता श्रीस मगर, (ख)मा संघीय समाजवादी फोरम नेपालबाट काशीमाया गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।

यसरी नै प्रदेश नं २ (क)मा राप्रपाबाट विष्णु खड्का, (ख)मा नेपाल दलित पार्टीका मिठु परियार, प्रदेश नं ३ (क) मा नेपाली काँग्रेसबाट शारदा पौडेल, (ख)मा नेपाल दलित पार्टीबाट कमला विक र राप्रपाबाट धनुमाया कोइराला आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनबाट भने महिलालाई टिकट दिइएको छैन ।

जिल्लाका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा गरी चार स्वतन्त्रसहित १०१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वि.सं.२०७४ कात्तिक १८ शनिवार ०९:२८ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...

आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,...

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान...

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...