Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

सप्तरीमा साढे १४ हजार मतदाता थप



१८ कात्तिक, राजविराज  । आगामी मंसिर २१ गते हुने दोस्रोचरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो ।

सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । मतदाता संख्या थपिएसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १६ वटा मतदान केन्द्रसमेत थप भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकृत दिलीपकुमार यादवले बताउनुभयो ।

सप्तरी जिल्लामा स्थानीय तहको निर्वाचनमा भने ४६२ मतदान केन्द्र कायम भएको थियो । अव प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि २९५ मतदानस्थलमा थप १६ गरी ४७८ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण