back

जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

वि.सं.२०७४ कात्तिक १८ शनिवार

489 

shares
GLOBAL IME AD
NTC AD

rupees

१८ कात्तिक, जुम्ला : जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट रु ३० लाख राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्ममा सो कार्यालयलले जडीबुटीबाट रु ३० लाख एक हजार ४५० राजश्व संकलन गरेको हो । बिशेषगरी यार्सागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत १६ प्रकारका जडीबुटीबाट सो रकमको राजश्व संकलन गरिएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ जुम्लाबाट उक्त अबधिमा ७६ केजी ६०० ग्राम यार्सागुम्बा (जीवनबुटी), ६७६ केजी गुच्ची च्याउ, सतुवा ४५०, वन लसुन दुई हजार १६०, सेतक चिनी ३० हजार ७५०, साधारण च्याउ तीन हजार ९००, धूपी पात ४० हजार केजी संकलन गरिएको छ ।” जसमा यार्सागुम्बा, सतुवा र वन लसुन संकलन भए पनि निर्यात भइसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी, सुगन्धवाल ९००, पदमचाल २९ हजार ५००, काला दाना ३००, चिराइतो १००, पाषणवेद ११ हजार, विषजरा ९००, सुनपाती चार हजार ५००, अमलवेद छ हजार र अतिस १५० केजी गरेर कूल एक लाख ३१ हजार ३६२ केजी जडीबुटी संकलन भएकोमा एक हजार २०२ केजी ६०० ग्राम निर्यात भइसकेको वन अधिकृत श्रेष्ठको भनाइ छ ।

संकलित जडीबुटीमा प्रतिकेजी रु २५ हजार राजश्व दर भएको ७६ केजी ६०० ग्राम यार्सागुम्बाबाट मात्रै रु १९ लाख १३ हजार र प्रतिकेजी रु ३०० राजश्व दर भएको गुच्ची च्याउबाट रु दुई लाख दुई हजार ८०० र बाँकी रु आठ लाख ९५ हजार ६५० अन्य जडीबुटीबाट राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

गत आव ०७३÷७४ मा वन कार्यालय जुम्लाले रु ५८ लाख ८८ हजार २०१ राजश्व संकलन गरेको थियो । यो वर्षबाट व्यापारीलाई भने जटामसीको इजाजत दिन प्रतिवन्ध लगाइएको कार्यालयको भनाइ छ । (रासस)

वि.सं.२०७४ कात्तिक १८ शनिवार १२:२७ मा प्रकाशित

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।...

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१...

झाडी फाँडेर ओखरखेती गर्दै किसान

झाडी फाँडेर ओखरखेती गर्दै किसान

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका-९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती...

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो युरो र पाउण्ड घट्यो

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

छ महिनाको अवधिमा भित्रियो सात खर्ब ६३ अर्बभन्दा बढी विप्रेषण

छ महिनाको अवधिमा भित्रियो सात खर्ब ६३ अर्बभन्दा बढी विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात...

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड बढी बजेट खर्च

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड बढी बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब...