Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतीयहरु अत्याधुनिक हातहतियारसहित मुलुक प्रवेश गरेको भन्दै राजमोको आपत्ति



१९ कात्तिक, काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा भारतीय सुरक्षाकर्मी अत्याधुनिक हातहतियारसहित मुलुक प्रवेश गर्नु आपत्तिजनक भएको जनाएको छ ।

गत बुधबार दुई भारतीय सुरक्षाकर्मीलाई अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने प्रशस्त गोलीसहित नेपाल प्रहरीले पक्राउ गरेको प्रसंग जोड्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजधानीमै भारतीय सुरक्षाकर्मीको उपस्थिति नै गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ ।

पार्टीले नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी प्रदेश नं २ का विभिन्न जिल्लाको भ्रमणमा रहेको जनाउँदै सरकारले सो विषयमा जानकारी लिन आग्रह गरेको छ । निर्वाचनका समयमा सुरक्षाको स्थिति मजबुत पार्न र राजदूत पुरीको तराईको भ्रमण रोक्नसमेत आग्रह गरिएको राजमोले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने कोणबाट विवाद छ । हालका

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र