Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

सप्तरीमा वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा



१९ कात्तिक , राजविराज । अगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा राजपा–फोरम गठबन्धन र नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उहाँविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिनुभएको छ ।

वाम गठबन्धनका तर्फबाट सोही क्षेत्रमा पूर्वमन्त्री उमेश यादवले उम्मेदवारी दिनुभएकामा उहाँविरुद्ध मोओवादीकै मजदुर नेता केदार देव प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

यस्तै एमालेले वाम गठबन्धनबाट स्थायी कमिटी सदस्य एवं २ नं प्रदेश इन्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नं १ को ९क० बाट प्रदेशसभाको उम्मेदवार बनाए पनि उहाँविरुद्ध एमालेकै जिल्ला कमिटी सदस्य प्रकाश खतिवडाले वागी उम्मेदवारी दिनुभएको हो । खतिवडा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निर्वतमान अध्यक्षसमेत हुन्नुहुन्छ ।

त्यस्तै राजपाबाट माओवादीमा प्रवेश गर्नुभएका शशि यादवलाई क्षेत्र नं ४ को ९ख० बाट प्रदेशसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीका क्षेत्रीय सचिव बालेश्वर यादवले वागी उम्मेदवारी दिनुभएको हो ।

राजपाका महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरी २ नं क्षेत्रको प्रदेशसभा ९ख० बाट उम्मेदवार बनेपछि उहाँविरुद्ध उहाँकै पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले वागी उम्मेदवार बन्नुभएको छ । सुमनविरुद्ध संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले पनि उम्मेदवारी दिनुभएको छ । यादव यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदमा राजपाका शम्भु यादवसँग पराजित हुनुभएको थियो ।

त्यसैगरी राजपा र फोरम गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजपाका केन्द्रीय उपाध्यक्ष नवकिशोर साहविरुद्ध पनि वागी उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेशसभा ९ख०बाट उम्मेदवारी दिनुभएका राजपाका केन्द्रीय उपाध्यक्ष साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झा उम्मेदबार बन्नुभएको उक्त कार्यालयले जनाएको छ ।

यस्तै मधेशी दलको गठबन्धनबाटै क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका राजपाका नेता मृगेन्द्रसिंह यादवविरुद्ध उहाँकै आफ्नै भाइ फोरमका सप्तरी इन्चार्ज अनिरुद्ध सिंह यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजपा फोरम गठबन्धनबाट क्षेत्र नं ३ को (ख) बाट उम्मेदवारी दिनुभएका विन्देश्वर यादवविरुद्ध फोरम नेपालले वागी उम्मेदवार उभ्याएको छ । यादवविरुद्ध फोरम नेपालले जिल्ला सचिव उपेन्द्र यादवलाई वागी उम्मेदवार बनाएको हो ।

अगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको चार वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना र आठ वटा प्रदेशसभा क्षेत्रबाट १०९ जनाले उम्मेदवारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।