
लण्डन । ईङलिश प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले अकं तालिकामा ८ अंकको अग्रता लिएको छ ।
हिजो भएको खेलमा दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेड चेल्सीसँग पराजित भएपछि र सिटीले जित निकालेपछि घरेलु लिगमा ८ अंकको अग्रता लिएको हो । हिजो नै भएको खेलमा सिटीले आर्सनललाई ३ – १ गोल अन्तरले हराएको थियो । सिटीको लागि सर्जियो अग्युएरो, केभिन डि ब्रियुनी तथा ग्याब्रिएल जेससले गोल गरे । जितसँगै सिटी प्रिमियर लिगका ११ खेलमा १० जित तथा १ बराबरी सहित ३१ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडको भने २३ अंक रहेको छ । यस्तै टोटेन्ह्यामको पनि समान २३ अंक सहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको चेल्सीको भने २२ अंक रहेको छ ।