२० कात्तिक, काठमाडौं । लामो समय देखी बेलायतमा बसोबास गर्दै आएका नविन सापकोटाले अष्ट ज अभियानका लागि प्रोजेक्टर प्रदान गरेका छन् ।
अपर कर्णालीमा राष्ट्रियता मिचिएको भन्दै जागरण अभियान चलाउने गैर–आवासिय अभियन्ता नविन सापकोटा अष्ट ज अभियान नेपालका सल्लाकार समेत हुन । ‘अष्ट ज ले नेपालको समृद्धीका लागि मौलिक र स्वाधीन मार्गचीत्र देखाएको हुँदा अभियानको उन्नति प्रगतिमा आफु प्रतिबद्ध रहेको छु अष्ट ज अभियान नेपालको कार्यलयमा आयोजीत हस्तान्तरण कार्यक्रममा सापकोटाले बताए ।
कार्यक्रममा अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले नविन सापकोटा देशभक्त भएको भन्दै स्वागत गरेका थिए भने महासचीव नीलकण्ठ तिवारीले अष्ट ज मा प्रवासी नेपालीको साथ उल्लेख्य रहेको बताए ।
खेम शर्मा पौडेल, चन्दा थापा, लगायत उपस्थित सो कार्यक्रममा अष्ट ज कृषि सहकारीका प्रबन्धक संचालक हिमान्चल राज भट्टराईले ‘उ देखी उ सम्मको कार्यक्रम बारे बताएका थिए । अभियानलाई प्रोजेक्टर प्रदान गरेकोमा खुसी व्यक्त गर्दै अभियानले नविन सापकोटाप्रति आभार व्यक्त गरेको छ ।
वि.सं.२०७४ कात्तिक २० सोमवार १०:३७ मा प्रकाशित