back

वाम गठबन्धद्धारा काठमाडौँ १ मा संयुक्त प्रचार कार्यालय उद्घाटन

वि.सं.२०७४ कात्तिक २० सोमवार

963 

shares

uml&ucpn

२० कात्तिक, काठमाडौँ । आशन्न निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनले संयुक्त कार्यालय स्थापना गरी आजबाट निर्वाचन प्रचार शुरु गरेको छ ।

बिजुलीबजारस्थित प्रचार कार्यालयको नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली र नेकपा (माओवादी केन्द्र) का लीलामणि पोखरेलले उद्घाटन गरेका हुन् ।

सो अवसरमा उपाध्यक्ष ज्ञवालीले मुलुकको समृद्धिका लागि वाम गठबन्धनले विजय हासिल गर्नुपर्ने बताउदैं वाम एकता अहिलेको आवश्यकता भएकाले निर्वाचनपछि पार्टी एकता हुने बताए ।

केन्द्रका नेता पोखरेलले पार्टी एकताकै लक्ष्यसहित आफूहरुको चुनावी तालमेल गरिएको स्पष्ट गरे ।

गठबन्धनबाट सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार अनिल शर्माले बागमती र विष्णुमति नदीको प्रदूषण हटाइ स्वच्छ हराभरा क्षेत्र र अन्य विकासका कार्यक्रमका साथ आफू अघि बढेको बताए ।

सो क्षेत्रको प्रदेश क र ख का उम्मेदार विष्णुकुमारी भुषाल भट्टराई र गणेशप्रसाद दुलालले पनि आफूहरुको चुनावी अभियानमा समर्थन बढ्दो रहेको दाबी गरे । सो क्षेत्रको प्रचारका लागि श्याम तण्डुकारको संयोजकत्वमा समिति गठन गरिएको छ ।

वि.सं.२०७४ कात्तिक २० सोमवार १०:४३ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...