back

प्राविधिक शिक्षामा ‘दक्षता’ कार्यक्रम शुरु

वि.सं.२०७४ कात्तिक २० सोमवार

819 

shares

२० कात्तिक, काठमाडौँ (रासस) : युरोपेली सङ्घको सहयोगमा प्राविधिक शिक्षामा प्रभावकारी व्यावसायिक तालीम सञ्चालन र अनुदानका लागि ‘दक्षता’ नामक परियोजना आजदेखि शुरु भएको छ ।

शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को समन्वयमा सञ्चालित सो चारवर्षीय परियोजनाले कृषि, निर्माण र पर्यटनका क्षेत्रमा कार्यरत संस्था तथा प्राविधिक जनशक्तिलाई शिक्षा र तालीम दिनेछ । शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले नेपालको आर्थिक विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्न राष्ट्रिय निर्देशिकाको पुनरवलोकन भइरहेको बताउनुभयो ।

परियोजनाका उपनिर्देशक कुश्माखर भट्टले निजी क्षेत्रसँग सहकार्य गरी मुलुकमा स्वरोजगार वृद्धि गर्ने सन्दर्भमा कार्यक्रमले सहयोग गर्ने जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का उपाध्यक्ष भरतराज आचार्यले रोजगारी तथा योग्यता अभिवृद्धिका लागि सम्बन्ध र सहयोग सुदृढ पारिने बताउनुभयो ।

अनुदान कार्यक्रमअन्तर्गत ‘दक्षता’ले प्राविधिक शिक्षा र व्यावसायिक तालीम तथा कार्यान्वयनको गुणस्तर अभिवृद्धिको सुनिश्चितता गर्ने लक्ष्य राखेका नवीनतम सार्वजनिक–निजी साझेदारीका क्षेत्रमा नमूना कार्यक्रममार्फत प्राविधिक शिक्षा र व्यावसायिक तालीम क्षेत्रको सुधार गर्ने उद्देश्यसहितका क्रियाकलापका लागि रकम उपलब्घ गराइनेछ । परियोजनाले हालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षमता वृद्धि, सुशासन र सरकारी र निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिनेछ । गत डिसेम्बरमा त्रिपक्षीय समझदारी भएको सो परियोजनाको कूल बजेट २०.६१ मिलियन युरो छ ।

वि.सं.२०७४ कात्तिक २० सोमवार १४:३४ मा प्रकाशित

Himalayan Life AD
यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने...

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति...

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...