back

एनआरएनएले वदैशिक रोजगारीबाट फर्किएकाहरुको पुर्नउत्थानका लागि कार्यक्रम ल्याउँदैँ

वि.सं.२०७४ कात्तिक २१ मंगलवार

519 

shares

 nrna-women-discussion२१ कात्तिक । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरनएए आईसीसी) ले नेपालमै केही अवसर पाए वैदेशिक रोजगारीबाट फर्कन चाहनेहरुका लागि के गर्न सकिन्छ भन्ने बारेमा विभिन्न संघसंस्थासँग भेटघाट तथा छलफल अगाडि बढाएको छ । यसैक्रममा सोमबार उद्योग वाणिज्य महासंघको भवनमा विभिन्न संघसंस्थासँग छलफल गर्यो ।

एनआरएनए आईसीसी उपाध्यक्ष सपिला राजभण्डारी तथा एनआरएनए अन्तर्गत महिला विभागकी संयोजक रजनी प्रधानको पहलमा आयोजना गरिएको उक्त छलफलमा पौरखीका प्रतिनिधि तथा कार्यकारी बोर्डका सदस्यहरु, UN women, FWEAN, WEAN, महिला व्यवसायमुखी संस्थाहरु : लघु ऋण बित्तिय संस्था, ईसिमोड, उज्यालो नेपाल तथा गैह्रआवासीय नेपाली संघका प्रतिनिधि, वैदेशिक रोजगार विभागका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाहरुले वैदेशिक रोजगारमा गए कामदारहरुलाई नेपाल फर्कन पहल गर्ने, फर्केका कामदारहरुलाई मनोवैज्ञानिक तथा विभिन्न सीप विकास सम्बन्धी तालिमहरु दिने र नेपालमै तिनिहरुलाई कामको शुनिश्चिता तथा तिनिहरुले गरेका विभिन्न उत्पादनहरुको बजारीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

nrna-women-comitteeबैठकपश्चात वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरु नेपाल फर्केपछि तिनीहरुको उचित पुनरुत्थानबाट मात्रै वैदेशिक रोजगारबाट फर्केका महिला कामदारहरुलाई सामाजिक समस्याहरु, दुव्र्यवहारलाई कम गर्न सकिन्छ भन्ने निचोड देखिएको सपिलाले बताइन् ।

छलफल पछि ती संस्थाहरुलाई जिम्मेवारी समेत तोकिएको उनले बताइन । गृहकार्य बिना फर्काइए कामदारहरुको पुर्नउत्थान प्राय असम्भव रहेको हुँदा व्यापक गृहकार्य हुन जरुरी रहेको उनले बताइन् । उनी भन्छिन् “हामीले आगामी दिनमा विशेष योजनासहितको कार्यक्रम ल्याएर आगामी दिनमा वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको पुर्नउत्थानको लागि केहि न केहि गर्नेछौँ “।

यूएन वुमन तथा ईसिमोडको अध्ययनअनुसार वैदेशिक रोजगारमा जाने अधिकांश घरेलु महिला कामदारहरुले यदि नेपालमै १५,००० कमाउन सक्ने अवस्था भए विदेश नजाने गरेको पाईएको छ । तर्सथ जटिल पक्ष भनेको विदेशबाट फर्केका महिला कामदारहरुलाई नेपालमै कसरी पुर्नरुत्थान गर्न सकिन्छ र नेपालमै कामको अवसर खोज्न सकिन्छ भन्ने रहेको छ, सपिला बताउँछिन् ।

 एनआरएनए आईसीसीले यसअघि विदेश जानेहरुलाई तालिमको व्यवस्था गर्ने सोच राखेको भएपनि विदेशबाट फर्कन चाहनेहरुका लागि देशमै स्थापित गर्ने खालको कार्यक्रम गर्न लागेको छ । एनआरएनएले पाइलट प्रोजेक्टकै रुपमा अन्य संघसंस्थाहरुसँग मिलेर काम गर्न लागेको पनि उनले बताइन् ।

वि.सं.२०७४ कात्तिक २१ मंगलवार ०८:५६ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...