२२ कात्तिक, तेह्रथुम । तेह्रथुमबाट आर्थिक वर्ष ०७३÷७४ मा साढे ४ करोड रुपैयाँ भन्दा बढीको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्ला बाहिर निर्यात भएको हो ।
परम्परागत रुपमा घरायसी प्रयोजनका लागि मात्र उत्पादन हुँदै आएको अदुवा पछिल्लो समय व्यवसायिक खेती हुन थालेको छ । कृषकहरु व्यवसायिक बनेसँगै उत्पादनमा वृद्धि भएर निकासी समेत हुन थालेको र यसले किसानलाई राम्रो आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमीरेले बताए ।
आव २०७३÷७४ मा २ हजार ७ सय ६६ टन अदुवा निर्यात भएको छ । यसर्ष २ सय ६० हेक्टर जमिनमा लगाइएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ टन उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ६ सय ६६ टनले बढी हो । कारोबार दैनिकबाट
वि.सं.२०७४ कात्तिक २२ बुधवार ०३:०६ मा प्रकाशित