Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

सरकारी तलब वृद्धवृद्धाका लागि खर्च गर्ने खड्काको घोषणा



२२ कात्तिक, मंगलबारे, इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश नं १ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएका डम्बर खड्काले आफूले जितेको खण्डमा सरकारी तलब भत्ता नलिने घोषणा गर्नुभएको छ ।

उहाँले इलाम सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै प्राप्त सेवा सुविधामा आफूले अझ थपेर वृद्धवृद्धालाई प्रदान गर्ने घोषणा गर्नुभयो ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका खड्का निर्माण व्यवसायी हुनुहुन्छ । हालसम्म विभिन्न धार्मिक संघ संस्थामा व्यक्तिगत रुपमा सहयोग गर्दै आएका खड्का समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “मलाई कुनै पनि सरकारी पैसाको लोभ छैन । म समाजको लागि सेवा गर्न राजनीतिमा होमिएको हुँ ।” आफूलाई आवश्यक रकम निर्माण व्यवसायबाट नै प्राप्त हुने भन्दै खड्काले देशको विकासमा आफू लगातार लागिरहने प्रतिबद्धता समेत जनाउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३