Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

पुरुषको हत्या, मनोहरामा ट्याक्सीभित्र शव



murder

२२ कात्तिक , भक्तपुर।  मध्यपुरथिमि नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र आज एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बा १ ज १०४० नम्बरको ट्याक्सीमा अन्दाजी ४० वर्षका पुरुषको शव ट्याक्सीको पछाडि सिटमा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

प्लानिङको बीच एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा हानेर मुख चिन्नै नसक्ने अवस्थामा हत्या गरेको पाइएको जानकारी दिँदै उहाँले मृतकको पहिचान हुन नसकेको जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान शुरु गरेको छ । भक्तपुर प्रहरी, अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान शुरु गरी घटनामा संलग्नको खोजी एवं मृतकको पहिचान गर्ने पहल भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ