Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

गर्भनर डा.नेपालद्वारा कोरियास्थित जीएमई शाखाको अवलोकन



jme-office-visit-by-govener
कातिक २१, २०७४ (सियोल, दक्षिण कोरिया) । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकन भ्रमण गर्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुंगले उक्त अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गर्नुभएको थियो । भ्रमणको क्रममा गर्भनर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाको बारेमा समेत जानकारी लिनुभएको थियो । अवलोकनका क्रममा शाखामा उपस्थित सेवाग्राहीहरूसंग अन्तरक्रिया गर्दै गर्भनर डा. नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिट्यान्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको उच्च प्रशंसा गर्दै कोरियामा रहेका हरेक नेपालीहरुलाई औपचारिक माध्यमबाट नै रेमिट्यान्स पठाउन अनुरोध गर्नुभयो ।

यसै सन्दर्भमा कोरियास्थित नेपाली दुतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिक च्यानल मार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता रहेको जानकारी गराउनुभयो । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागि बैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रह गर्नुभयो । वैदेशिक रोजगारीको शिलशिलामा कोरिया लगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउन सक्नेसम्मको जानकारी गराउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियाका लागि नेपालका महामहिम राजदुत अर्जुन जंगबहादुर सिंहज्यूले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दुतावास र नेपाल राष्ट्र बैंकले कडा कदम चाल्न त्यही अनुरुपको नियम ल्याउँदै गरेको जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरियास्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवादिँदै आएको जानकारी गराउनुभयो ।

शनिबार र आइतवार बैंकका सेवा बन्द हुने र अन्य प्रक्रियागत कारणले सोचे जस्तो रेमिटेन्स भित्रिन नसकेको भन्दै अवदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिटेन्स सेवा दिन सक्ने हुँदा जीएमईले कोरियाबाट नेपाल रेमिटेन्स भित्रयाउन उल्लेख्य योगदान पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । एकपटक कोरिया बसेको व्यक्ति पुनःकोरिया फर्किन चाहेमा वैधानिक माध्यमबाट मात्र रेमिटेन्स पठाएको हो भन्ने प्रमाण स्वरूप जीएमईको स्टेटमेन्ट प्रिन्ट दिने व्यवस्था मिलाइएको जानकारी अन्तरक्रिया कार्यक्रममा गराईएको थियो ।

जीएमईको सेवाजीएमईका सबै शाखा सहित अनलाइनबाट समेत लिन सक्ने व्यवस्था मिलाईएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखाहरु लगायत सातहजार भन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तानी लिन सकिनुका साथै जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न सकिन्छ ।

जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिटेन्स सेवा प्रदान गर्ने इजाजत प्रदान गरेको थियो । सोहि इजाजत अनुरुप जीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्र्याउन सहज हुने विश्वास गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । पेसागत महासङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ वुँदे ज्ञापनपत्र बुझाएको छ ।

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा