Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

डा केसीले मागे शिक्षा मन्त्रालयमा कलेज सम्बन्धनबारे सूचना



Dr. Govinda KC
Dr. Govinda KC

 

२३ कात्तिक, काठमाडौं ।  प्रा डा गोविन्द केसी समूहले बुधबार शिक्षा मन्त्रालयलाई काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धन प्रकरणबारे छ विषयका सूचना उपलब्ध गराउन निवेदन दिएको छ ।

मन्त्रालयले मेडिकल काउन्सिललाई सम्बन्धन दिन पत्राचार गरेको विषय सार्वजनिक भएकाले त्यसको यथार्थ सूचना उपलब्ध गराउन शिक्षा सचिवलाई सम्बोधन गरी निवेदन दिइएको हो ।

संविधानको २७ को सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले प्रत्याभूत गरेको सूचनाको हकबमोजिम सूचना उपलब्ध गराउन डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र विनोद अर्यालको संयुक्त हस्ताक्षर गरिएको निवेदन दिइएको डा सिंहले जानकारी दिए ।

उनीहरुले सम्बन्धन दिने सम्बन्धमा मन्त्रालयले काउन्सिललाई लेखेको पत्र, सम्बन्धनबारे सर्वोच्च अदालतको आदेश, उक्त कलेजको मुद्दाका सम्बन्धमा मन्त्रालयसँग भएका कागजात, मन्त्रालयबाट भएको टिप्पणीबारे फाइलमा भएका सबै कागजात र यस प्रकरणसम्बन्धी निर्णय प्रक्रियामा संलग्न अधिकारीको नाम, पद र जिम्मेवारीबारे मन्त्रालयसँग सूचना माग गरेका छन् ।

मन्त्रालयले उक्त कलेजलाई सम्बन्धन दिन पत्र पठाएपछि डा केसीले गत सोमबार पत्रकार सम्मेलन गर्दै नियमविपरीत भएको भन्दै आपत्ति जनाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौँ । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू