
२३ कात्तिक, काठमाडौँ । स्पेनिश घरेलु लिग लालिगामा यो सिजन खराब सुरुआत गरेका रियल म्याड्रिडका स्टार क्रिस्ट्यिानो रोनाल्डोले आफु आगामी दिनमा राम्रो प्रर्दशन गर्दै आलोचकको मुख थुन्ने प्रतिक्रिया दिएका छन् । स्पेनिश पत्रिका डन ब्यालोनका अनुसार रोनाल्डोले आफ्ना सहकर्मी सर्जियो रामोश तथा मार्सेलोसँग बाजी राख्दै रोनाल्डोले मेस्सीलाई उछिन्दै पिचिची अवार्ड जित्ने दावी गरेका छन् । लालिगामा यस सिजन ७ खेल खेलेका रोनाल्डोले मात्र १ गोल गरेका छन् । ताकी मेस्सीले भने लालिगामा १२ गोल गरिसकेका छन् । यस अवस्थामा रोनाल्डोले थप ११ गोल बढी गर्दै मेस्सीको अँकडालाई तोड्न पर्ने हुन्छ ।
गत सिज पनि च्याम्पियन्स लिगको सुरुआती खेलहरुमा निकै खराब सुरुआत गरेका रोनाल्डोले पछिल्ल्ला खेलमा निकै राम्रो प्रर्दशन गर्दै च्याम्पियन्स लिगको शीर्ष गोलकर्ता बन्न सफल भएका थिए ।
यस सिजन लालिगामा खराब सुरुआत गरेको रियल म्याड्रिडले ११ खेलमा २३ अंक जोड्दै लालिगाको तेस्रो स्थानमा रहेको छ ।