back

शेयर बजारमा लगानी गर्दैै हुुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

वि.सं.२०७४ कात्तिक २३ बिहीवार

246 

shares
NTC AD
Global IME AD

share

२३ कात्तिक, काठमाडौँ । पछिल्लो समयमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको सङख्या एकदमै बढ्दै गएको छ । तर उचित ज्ञान तथा बजारको अध्ययन बिना नै लगानी गर्दा कतिपय लगानी कर्ताहरुको लगानी जोखिममा समेत पुगेको देखिन्छ । तसर्थ बजारमा लगानी गर्दा बजारको विभिन्न सुचकहरुको बारेमा जानकारी लिनु आवश्यक हुन्छ ।
बजारका विभिन्न सूचकहरुको हिसाब किताब कसरी गरिन्छ र गरिएको छ भन्ने बुझेर तथा सो कम्पनीसँग अन्य सोही प्रकृतिका कम्पनीको तुलना गरी यसबारेमा स्पष्ट हुनु जरुरी हुन्छ ।
१ .प्रतिशेयर आम्दानी

शेयर बजारको मुख्य सुचकको रुपमा प्रति शेयर आम्दानीलाई ध्यान दिनुपर्ने हुन्छ । प्रतिशेयर आम्दानीले नै तपाईको आमनी निर्धारण गर्दछ । प्रति शेयर आम्दानी बढ्दै गए, बजार मूल्य पनि बढ्दै जाने तथा प्रतिशेयर आम्दानी घट्दै गए बजार मूल्य पनि घट्दै जाने भएकाले यसबारेमा सचेत रहनुपर्दछ ।

२. लाभांश

लाभांश अर्को महत्वपूर्ण सूचक हो । खासगरी शेयर बजारमा खेलिरहन नचाहने व्यक्तिहरुले एउटा कम्पनीको शेयर खरिद गरी वार्षिक लाभांश कुरेर समेत बसिरहेका हुन्छन्, यसर्थ राम्रो लाभांश प्रदान गर्ने कम्पनीलाई बढी विश्वास गर्ने र बढीमा शेयर खरिद गर्ने सम्भावना रहन्छ
३. ऋण

 

कुनै कम्पनीमा लगानी गर्नुअघि त्यस कम्पनीको ऋणको अवस्था के छ भन्ने बुझ्नु आवश्यक रहेको छ । महत्वाकांक्षी योजनामा केही सामान्य उतारचढाव आएमा पनि ऋणले ग्रस्त कम्पनी तत्कालै टाट लाग्ने अवस्थामा पुग्न सक्छ । यसकारण कम्पनीको ऋणको अवस्थाका बारेमा लगानीकर्ताले मुख्य ध्यान पुर्याउनुपर्दछ ।

६. ब्राण्ड

कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यसको ब्राण्डको बारेमा पनि ध्यान दिनुपर्ने हुन्छ । कतिपय कम्पनीको ब्राण्ड मूल्य नै वास्तविक मूल्यभन्दा निकै बढी समेत हुन सक्दछ । ब्राण्ड बनिसकेका कम्पनीले अल्पकालीन रुपमा सोचेजस्तो आम्दानी गर्न नसके पनि दीर्घकालीन रुपमा राम्रो प्रतिफल दिन सक्छन । तसर्थ ब्राण्डको मूल्यसमेत बुझेर गर्नुपर्छ ।

४ .भावी योजना र सम्भावना

कुनै पनि कम्पनीमा लामो समयसम्म शेयरधनी बन्न चाहनुहुन्छ भने सो कम्पनीको सम्भाव्यताका बारेमा बुझ्नुहोस । मानौँ कि, कुनै जलविद्युत कम्पनीको ठुला योजना निर्माणाधीन रहँदासम्म त्यसले लाभांश दिनै सक्दैन तर त्यो पूर्ण भएपछि निरन्तर उच्च मुनाफा दिन सक्दछ । लगानी गर्नुअघि त्यस कम्पनीको लगानी कुन क्षेत्रमा कति लागेको छ, त्यसको प्रतिफल आउन सम्भावित कति समय लाग्छ र आफू बजारमा कति समय रहिन्छ भन्ने बारेमा अध्ययन आँकलन गरी लगानी गर्नुपर्दछ ।

५. मूल्य–आम्दानी अनुपात

आफूले लगानी गर्न लागेको कम्पनीको अवस्थासँग अन्य सोही प्रकृतिका कम्पनीहरुसँग तुलना गर्नुपर्छ । मूल्य आम्दानी अनुपातलाई ध्यान दिई त्यसमा थप जानकारी लिनुपर्छ । तसर्थ नाफालाई मात्र होइन, आम्दानी मूल्य अनुपातलाई तुलना गरी लगानी गर्नु आवश्यक छ ।

 

वि.सं.२०७४ कात्तिक २३ बिहीवार ०७:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...