back

सुर्खेतका जनप्रतिनिधिलाई बालविवाह न्यूनीकरण गर्न चुनौती

वि.सं.२०७४ कात्तिक २३ बिहीवार

426 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२३ कात्तिक, सुर्खेत । बालविवाह न्यूनीकरणको जति अभियान सञ्चालन गरे पनि बालविवाहका घटना बढ्दै गएका छन् । बालविवाहका घटना बढ्दै गएपछि यसको न्यूनीकरण गर्न चुनौती बनेको सुर्खेतको लेकवेसी नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

बालविवाह रोक्न खोज्दा धम्की आउने र यसबाट आफ्ना चुनावी अभियान बिथोलिने हो कि भन्ने समस्या रहेको उनीहरुले सुनाए । रोलर÷युएनडिपीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले बुधबार लेकवेसी नगरपालिकामा आयोजना गरेको सेवाप्रदायकसँग कानूनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले बालविवाहसम्बन्धी कानून कार्यान्वयन गर्न चुनौती रहेको औँल्याएका हुन् ।

बालविवाह न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन भए पनि यसमा व्यवहारमा परिवर्तन आउन नसकेको लेकवेसी नगरपालिका–१० का अध्यक्ष कमलप्रसाद आचार्यले बताउनुभयो । बालविवाहलाई जनप्रतिनिधिले बहिष्कार गर्दा आफूलगायत पार्टी नै चुनावमा बहिष्कार हुनुपर्ने अवस्था आउने अध्यक्ष आचार्यले बताउनुभयो ।

वडा नं ८ का वडाध्यक्ष लालबहादुर टङ्लामीले गाउँघरमा अझै पनि बालविवाह न्यूनीकरणका लागि आफूहरुलाई प्रमुख चुनौतीका रुपमा रहेको बताउनुभयो । “कानूनअनुसार बालविवाह गराउने र भोजमा सहभागी हुने सबैलाई कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “सहभागी हुँदा कानून विपरीत हुने र सहभागी नभए आफँै बहिष्कार भइन्छ ।” यसरी विवाहमा सहभागी नहुँदा आफन्तबाट बहिष्कार हुनाका साथै राजनीतिमा पनि समस्या आउने उहाँको भनाइ थियो ।

वडा नं ९ का वडाध्यक्ष मानबहादुर खड्का मगरले कानुनी दायरामा रहेर काम गर्न कठिन भएको उल्लेख गर्नुभयो । वडा सचिव डिलाराम चापागार्इंले बालविवाहका घटनालाई घटना दर्ता गर्न समस्या भएको बताउनुभयो । स्वास्थ्य चौकीका कुम्भप्रसाद पौडेलले समुदायमा बालविवाहसँगै घरेलु हिंसा र छुवाछूतले जरा गाडेर बसेको भन्दै यसलाई न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको औँल्याउनुभयो । वडा सदस्य दुर्गा बाह्रघरेले कानूनका बारेमा अनभिज्ञ भएका कारण महिला आफूमाथि हिंसा भए पनि कानुनी प्रक्रियामा नगएको बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक २३ बिहीवार ०७:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ-बोगटीटार खण्डको...

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकारको...

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...