Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरका रुपमा नलिन प्रमुख आयुक्त डा. यादवको आग्रह



ayodhi२४ कात्तिक, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवल हलुका र रहरका रुपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त गरेका राष्ट्रिय संघसंस्थाका प्रमुख एवं प्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनको पर्यवेक्षण नजिकका जिल्ला र शहरमा मात्र नभई दुर्गम र माथिल्लो भेगमा समेत हुन आवश्यक रहेको बताउँदै भन्नुभयो, “निर्वाचन पर्यवेक्षणको काम निकै जिम्मेवार र जटिल विषय हो, पर्यवेक्षण सूक्ष्म र बृहत् रुपमा हुनुपर्छ, निर्वाचनलाई आयोगको व्यवस्थापनका रुपमा मात्र नहेरी हाम्रो जिम्मेवारी र कर्तव्य हो भन्ने सोच सबै सरोकारवालामा हुन आवश्यक छ ।”

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता र सरोकार भएकाहरु सतर्क हुने र त्यसबाट निर्वाचनलाई सहयोग पुग्ने बताउनुभयो ।

आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनमा एकरुपता ल्याउन र एउटै बुझाइ होस् भनेर प्रशिक्षणको आयोजना गरिएको जनाउँदै पर्यवेक्षण आचारसंहिताभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिनुभयो । आगामी निर्वाचनका लागि पर्यवेक्षण गर्न आयोगले स्वदेशी ५२ र विदेशी चारसंस्थालाई अनुमति दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।