back

पाल्पाका युवाको मलेसियामा ज्यान गयो

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार

789 

shares

sandip-roka1

पाल्पाका एक युवाले मलेसियामा ज्यान गुमाएका छन् । रिप्दीकोट गाउँपालिका भैरवस्थान ४ सिलाङथोकका सन्दीप रोकाको मलेसियामा ज्यान गएको हो  ।
दुईवर्ष अघि काठमाडौंको एक म्यानपावरबाट मलेसिया गएका ३६ वर्षे रोका मलेसियाको सेराम्बानमा रहेको गुन्मा गार्ड फोर्स कम्पनीमा कार्यरत थिए ।
केही दिन अघि ज्वरो आएको र उपचार गराउन जानका लागि कम्पनीसँग विदा माग्दा कम्पनीले उपचार गराउनको सट्टा नाइट ड्युटीमा खटाइदिएको र उपचार गर्न नपाएका कारण उनको होस्टलको कोठामै मृत्यु भएको सँगै काम गर्ने साथीहरुले बताएको उनकी आमा मीना रोकाले बताएकी छन् ।
संसान्युज डटकमसँगको कुरा कानीमा रोकाले भनिन् ‘ज्वरो आएको बेला पनि उपचार गर्न विदा नदिएको र अन्तिम अवस्थामा पनि अस्पताल नलगेर होस्टलमै आराम गर भन्दै पठाएको रहेछ ।’

रोकाका ११ वर्षीया र ८ वर्षीया छोरी रहेका छन् भने उनकी श्रीमतीले अर्कैसँग विहे गरेर गइसकेको पनि भैरवस्थानकै दिलीप रायमाझीले बताएका छन् । रायमाझीले भने, ‘तीन बहिनीको एउटै भाइ थियो सन्दीप, परिवारको लालन पालनसँगै छोरीहरुको सिक्षा दिक्षाको भार एक्लै उठाउँदै आएको थियो उसको मृत्युपछि परिवार विचल्लीमा परेको छ ।’
छोराको मृत्युपछि भावविह्ल बनेकी आमा मीना रोकाले आफ्नो छोराको शब यथाशिघ्र नेपाल ल्याइदिन तथा उपचार गराउन नदिने उक्त मलेसियन कम्पनीमाथी कारबाही गर्न समेत नेपाल सरकारसमक्ष अनुरोध गरेकी छन् ।
रोकाको ८ नोभेम्बर ( २२ कात्तिक) बुधबार राति कम्पनीको होस्टलमै मृत्यु भएको थियो ।

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार ०६:२० मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...