back

समृद्ध प्युठान बनाउन प्राधिकरणको जागिर छोडेर निर्वाचनमा होमिएको हुँ -पोखरेल

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार

744 

shares

govindraj pokhrel

२४ कात्तिक, प्युठान । नेपाली कांग्रेसका नेता तथा पुननिर्माण प्रधिकरणका पुर्व सिईओ डा गोविन्द्रराज पाखरेलले प्युठान जिल्लालाई समृद्ध बनाउन जागिर छोडेर जन्मथलो प्युठानबाट चुनाव लड्न आएको बताएका छन् ।
झिमरुक गाउँपालिकाको वडा नं ४ स्थित बाङ्गेफेदीमा कार्यकर्ता भेटघाटको क्रममा पोख्रेलले प्युठान जिल्लाको समृद्धि र आर्थिक विकासको लागि चुनावमा होमिएको बताएका छन् ।उनले जिल्लाको विकासको लागि भौतिक पुर्वाधारको विकासमा जोड दिनु पर्ने बताए । उनले आफु निर्वाचित भएको खण्डमा प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा अझै प्रचार गर्दै धार्मिक पर्यटनको विकास गर्ने बताए । उनले जिल्लाको शैक्षिक ,यातयात ,खानेपानी ,स्वास्थ्य लगायतका क्षेत्रको विकासमा आफु कटिबद्ध भएर लागि पर्ने बताए ।
यसै गरि पोखरेलले वामगठवन्धन जति वलियो भए पनि त्यो भन्दा वढी सचेत प्यूठानी जनता रहेको र आफुलाइ विश्वास पनि लागेको वताए । प्युठानी जनताले विकास चाहेकोले पनि सक्षम नेता छान्नेमा आफु विश्वस्त रहेको बताए ।
प्रतिनिधी सभाको लागि चुनावमा होमिएका पोखरेलको मुख्य प्तिस्पर्धी वाम गठबन्धनकी साझा उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई लिईएको छ । पौडेल यस अघि दुई पटक सम्म सभासद भईसकेकी तथा वाम गठबन्धनको समेत सर्मथन रहेकाले यी दुई बीच रोचक भिडन्त हुने अनुमान गरिएको छ । प्रदेश सभाको लागि क्षेत्र नं १ वाट वामगठबन्धनके तर्फ बाट हरी रिजाल तथा नेपाली कांग्रेसका नेता टेक प्रसाद भण्डारी चुनावी मैदानमा छन् भने क्षेत्र नं २ बाट बाम गठबन्धनका तर्फबाट कृष्णध्वज खड्का तथा नेपाली कांग्रेसको तर्फबट अमर प्रसाद भण्डारी चुनावी मैदानमा छन् ।

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार ०७:०३ मा प्रकाशित

Himalayan Life AD
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी...

दार्चुलामा भूकम्प

दार्चुलामा भूकम्प

दशरथचन्द(बैतडी) । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा...

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।...

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...