back

अमेरिकाबाट एक सय एक जना उत्कृष्ट नेपाली चुन्ने अभियान सुरु

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार

432 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

101-nepali२४ कात्तिक, काठमाडौँ । अमेरिकाबाट नेपालीको पहिचान बनाउने नेपालीहरुको खोजी गरी १०१ (एक सय एक) जना उत्कृष्ट नेपाली चुन्ने अभियानको सुरुवात गरिएको छ । यसको श्रीगणेश १०१ नेपाली डटकमले गरेको हो । मौलिक नेपाली चिनारी, नेपालित्व, र नेपालीपनका लागि योगदान दिएका हजारौं लाखौं नेपालीहरुबाट १ सय १ नेपाली छान्न लागिएको हो । विगतदेखि वर्तमानसम्म नेपालको इतिहास र वर्तमानसँग जोडिएका व्यक्तित्वहरुबाट त्यो सुची तयार पारिनेछ । जसमा पृथ्वीनारायणदेखि प्रचण्डसम्म पर्न सक्ने छन् ।

यसको लागि १ सय १ नेपाली छनौटका लागि मनोनयन आवेदन पत्र खुली सकेको छ । एक सय एक नेपाली डटकममा गएर आफूले चाहेको व्यक्तिलाई नामांकन गर्न सकिनेछ । त्यस्तै एकसयएक एनआरएन नेपाली र एकसयएक अमेरिकन नेपालीका लागि समेत नोमिनेशन फर्म ९मनोनयन आवेदन पत्र खुला गरिएको छ । एकसय एक नेपाली महिलाका लागि भने निकट भविष्यमा मनोनयन आवेदन पत्र खुला गरिने तयारी भइरहेको छ ।

नामांकनको प्रकृया पूरा भइसकेपछि एकसय एक नेपालीका सम्पादक, जनमत सर्वेक्षणकर्ताहरु, सल्लाहकारहरु, विद्धानहरु लगायतको सहयोगमा उत्कृष्टबीच पनि उत्कृष्टहरु छनौट गरिनेछ । त्यसका लागि अनलाइन (बिधुतिय)सर्वेक्षण, सामाजिक सञ्जालमा गरिएको पोष्ट, लाइकहरु, गुगल लगायतका सर्च इन्जिनका रिपोर्टहरु, वीकीपिडियामा सुचीकृत सामाग्रीहरु, उनीहरुका बारेमा प्रकाशित सामाग्रीहरु, सामाजिक क्षेत्रमा दिएको योगदान लगायतलाई आधार बनाइनेछ । यो अभियानको औपचारिक सुरुवात आगामी डिसेम्बर २ मा न्युयोर्कमा युएसनेपाल अनलाइनको बार्षिकोत्सवका बीच गरिनेछ ।

एक सय एक नेपालीका संस्थापक तथा प्रोफाइल एडिटर प्रदीप थापामगर हुन् भने प्रमुख जनमत सर्वेक्षणकर्ता अन्जन श्रेष्ठ हुन् । त्यस्तै आउटरिच एडिटर किशोर पन्थी हुन् भने योगदान दिने एडिटरहरुमा विजय थापा, कृष्ण केसी, निमा पाख्रिन, सुरेश वाग्ले, लिला लिम्बु, दीपक परियार र मच्छे गुरुङ रहेका छन् । त्यस्तै योगदान दिने फोटोग्राफर बिमल नेपाल रहेका छन् भने कानुनी सल्लाहकार विनोद रोका रहेका छन् ।

अभियानका सल्लाहकारहरुमा भुवन थापा, विश्व शाह, विश्वदीप तिगेला, धरम विश्वकर्मा, दुर्गेश कार्की, गोपाल विश्वकर्मा, खगेन्द्र लुईटेल, लिला लुइटेल, लिला राई, मानबहादुर रानामगर, नरेन्द्र राज प्रसाई, पासांग दोर्ची शेर्पा, रविन कुमार कोइराला, राम खत्री, रञ्जु वाग्ले थापा, सन्तोष थपलिया, ससांग लामा, उर्गेन शेर्पा र युवराज सिंह कार्की रहेका छन् ।

 

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार ०७:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

काठमाडौँ । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’...

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

काठमाडौं । अन्त्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २०२४–२०२६ को कार्यसमिति निर्वाचनका...

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्स । गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजनामा सेसेल्समा हरितालिका तीज...

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक...

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री सर्वसम्मत

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री सर्वसम्मत

लिस्बन (पोर्चुगल) । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ...

नेपाली दूतावास रियाद र क्यानबेरामा भवन निर्माण हुँदै 

नेपाली दूतावास रियाद र क्यानबेरामा भवन निर्माण हुँदै 

काठमाडौँ । प्रतिनिधि सभाको मङ्गलवार भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...